
रासस– वैज्ञानिकहरूले सोचेभन्दा छिटो विश्वका हिमनदीहरू लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो एक नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण दुई तिहाई हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने औंल्याएको छ ।
सो प्रतिवेदन ‘साइन्स जर्नल’मा यही पुस २१ गते सार्वजनिक गरिएको हो ।
तापक्रम वृद्धिका कारकलाई नियन्त्रण गर्न औद्योगिक राष्ट्र प्रतिबद्ध नभए अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्न असम्भव प्रायः छ । सन् २१०० सम्ममा विश्वका आधाभन्दा कम हिमनदी हराउने सोही अध्ययनका लेखकहरूले जनाएका छन् । अध्ययनअनुसार प्रायः साना तर प्रख्यात हिमनदी लोप हुँदै गएका छन् ।
विश्वले भविष्यको तापक्रमलाई यदि एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउन सकिने छ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूका दावी छ ।
सबैभन्दा विषम स्थितिमा विश्वका ८३ प्रतिशत हिमनदी सन् २१०० सम्ममा हराउने सम्भावना रहेको सो प्रतिवेदनमा भनिएको छ ।
ग्रिनल्याण्ड र अन्टार्कटिका बाहेक भूमिमा आधारित विश्वका दुई लाख १५हजार हिमनदीमाथि विगतको भन्दा गहन ढङ्गले गरिएको अध्ययनले ती नदी लोपको सँघारमा पुगेका देखाएको हो । हिमनदी पग्लिएसँगै समुद्रको सतहमा पनि वृद्धि हुनेछ ।
प्रकाशित मिति २०७९ पुष २२, शुक्रबार २१:५३ गते