आदर्श बाल भुतपुर्व विद्यार्थी समाज पुनर्गठन

आदर्श बाल भुतपुर्व विद्यार्थी समाज पुनर्गठन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २३ गते शनिवार ०७:४२


उक्त समाजमा सात हजार सदस्य रहेको जानकारीमा आएको छ ।

पत्रकार परमेश्वर अधिकारी अध्यक्ष चयन

सुन्दरबजार(लमजुङ)– आदर्श बाल भुतपुर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको छ । भेलाबाट परमेश्वर अधिकारीको अध्यक्षतामा आदर्श बाल भुतपुर्व विद्यार्थी समाज नयाँ कार्यसमिति पुस २३ गते गठन भएको हो ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष– परमेश्वर अधिकारी, उपाध्यक्ष– रामबहादुर तामाङ, सचिव– सुवासकुमार श्रेष्ठ, कोषाध्यक्ष– बिष्णुकुमार श्रेष्ठ र सहसचिव– बिन्दु पण्डित चयन हुनु भएको छ ।
यसैगरी, समितिको सदस्यहरूमा जयराम रेग्मी, दिनेशबाबू कोइराला, ललितबाबू तिवारी, राजिव पण्डित, सुजन मिश्र
त्यस्तै, सल्लाहकार समितिमा संयोजक– ईश्वरीप्रसाद कडरीया तथा सदस्यमा सुर्यबहादुर केसी र सुर्यबहादुर बराल चयन हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष अधिकारी यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । समितिको कार्यकाल दुई वर्षको रहने गरेको छ । उक्त समाजमा सात हजार सदस्य रहेको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०७९ पुष २३, शनिबार १९:४२ गते
हजुरको प्रतिक्रिया