
इटहरी(सुनसरी)– प्रदेश नं. १ मा रहेको कोशी राजमार्गको पुनः निर्माण, स्तरोन्नती र निर्माणस्तरको कार्यमा भ्रष्टाचार भएको आशंका गर्दै स्वतन्त्र नागरिक समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सडक निर्माणका क्रममा भ्रष्टाचारका संकेतहरू प्रष्ट रहेको देखिएको भन्दै सरकारलाई ज्ञापनपत्र पुस २३ गते बुझाइएको छ ।
कोशी राजमार्ग अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना बिराटनगरको रानीजोगवनी देखि धरानसम्म सडकको केन्द्र बिन्दुबाट दुवैतर्फ २५÷२५ मिटर चौडा शडक कायम हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फन प्रधानमन्त्री प्रचण्ड र प्रदेश नं १ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । स्वतन्त्र नागरिक समाज सुनसरीका संयोजक जनक पाण्डेको अगुवाईमा सो ज्ञापन पत्र बुझाइएको हो । राजमार्गको पुनःनिर्माण कार्यमा निर्माणस्तरका साथै ढिलासुस्तीका बारेमा सरकारको ध्यानाकर्षण नभएको भन्दै स्वतन्त्र नागरिक समाज सुनसरीले जिल्ला प्रसासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सम्माननिय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले उक्त ज्ञापनपत्र बुझ्दै तत्कालै इमेलबाट प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौं र एक नम्बर प्रदेश मुख्यमन्त्रीको कार्यालय पठाईने जानकारी दिनु भयो ।
सडक निर्माणकै क्रममा राजनीतिकस्तरबाट हुने भ्रष्टाचार, प्राबिधिक तहबाट हुने भ्रष्टाचार, स्थानीय तहका जनप्रतिनिधीबाट हुने नीतिगत एवं आर्थिक भ्रष्टाचार लगायत परियोजनासंग निहित समुहहरूको एकिकृत भ्रष्टाचारले गर्दा निर्माण परियोजनामा कमजोर सामग्रीको प्रयोग भएको ज्ञापन पत्रमा उल्लेख छ । सडकको पुनःनिर्माण कार्य नसकिदै सडकमा खाल्डा खुल्डी परिसकेको र सडक किनाराहरू भत्किन थालिसकेकोतर्फ ज्ञापन पत्रमा सरकारको ध्यानाकर्षण गरिएको छ । निर्माण लागतको सापेक्षतामा न्यून गुणस्तरको सडक निर्माण हुनु, मान्य प्राबिधिक जाँचबुझ, परियोजना गुणस्तर र स्बार्थ समुहले गर्ने भ्रष्टाचारबाट नै सडकको निर्मित अवस्था समेत कमजोर र गुणस्तरहीन रहेको ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र दुई पेज लामो छ ।
ज्ञापन पत्रको पुर्ण पाठः


स्वतन्त्र नागरिक समाज सुनसरीका संयोजक जनक पाण्डेको अगुवाईमा समाजका सचिव शिवकुमार राई,े सदस्य द्वय सुमन तामाङ, र शिव काफ्ले एवं सल्लाहकार शालिग्राम पाण्डेले संयुक्त रुपमा सो ज्ञापन पत्र सुनसरी जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
प्रकाशित मिति २०७९ पुष २४, आईतवार ०६:२५ गते