बेसीशहर । गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले आफू शुरुका दिनदेखिनै प्याब्सनसँग नजिक रहेको स्मरण गर्दै गतिविधिलाई नियाली रहेको छु, निजी क्षेत्रलाई वाइपास गरेर विकास तथा समृद्धिका क्षेत्रमा सरकारले मात्र केही गर्न सक्दैन भन्नु भएको छ । उहाँले ३२ औं प्याब्सन डेका अवसरमा यहाँ आयोजित अन्तरविद्यालयको जिल्लास्तरीय नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण समारोहको उदघाटन गर्दै पुस २४ गते त्यस्तो बताउनु भएको हो ।
हाम्रो देशमा दुई थरी शिक्षा छ त्यसले विभेद बढाउने काम गर्यो र निजीस्तरका विद्यालयलाई खारेज गर्नु पर्छ पनि भनिन्छ तर त्यसो नभई राम्रोलाई जोगाएर नराम्रोलाई थप प्रोत्साहित गरेर सबै मिलेर अघि बढ्नु पर्छ भन्नुभयो । उहाँले निजी क्षेत्रमा सञ्चालित शिक्षा र समुदायस्तरमा सञ्चालित शिक्षालाई के कसरी सँगसँगै लग्न सकिन्छ ? त्यस्ता रणनीतिहरू तर्जुमा गरी अघि बढ्नु पर्छ, सरकारले ऐले भइरहेका विद्यालयहरूमा उचित व्यवस्थापन र स्तरीयता दिन नसकेको अवस्थासँग हामी परिचित छौं, यस्तो अवस्थामा सरकारले निजी क्षेत्रका विद्यालयहरूको थप भार बहन गर्न सक्ने देखिदैन गुणस्तर, अनुशासन लगायतका हिसाबले निजी क्षेत्रका विद्यालयनै बढी प्रभावकारी देखिएका छन् । यसै कारण पनि मिलेर अघि बढ्नुको विकल्प छैन उहाँले भन्नुभयो । उहाँले केही वर्ष अघि आफू लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष भएको समेत स्मरण गर्दै निजी क्षेत्रबाट पनि यो देशको विकासका योगदान गर्न सकिन्छ भन्ने धारणाले म निजीक्षेत्रको प्रवद्र्धनमा जटेको छु पौडेलले बताउनु भयो । पौडेलको नेतृत्वमा निजीस्तरमा बैंक समेत खोलिनुका साथै बेसीशहरमा एक अस्पताल पनि सञ्चालनमा छ ।
नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति समेत रहन भएका उहाँले पार्टी र क्षेत्रगत घेराबाट माथि उठेर विकास र समृद्धिका लागि सबै एकजुट भएर लाग्नु आजको आवश्यक हो र सबै जुटौंं भन्ने आह्वान गर्नु भएको थियो ।
संस्कृति बचाउनु हामी सबैको कर्तव्य :
प्याब्सनको कार्यक्रमलाई विशेष महत्व दिनु भएर दिनभर उक्त कार्यक्रममा सहभागी हुनु भएका पौडेलले हामी लोकसंस्कृतिमा धनी छौं, यसको मौलिकतालाई बचाई राख्नु हामी सबैको कर्तव्य हो, त्यसमा जुटौं भन्ने समेत आह्वान गर्नु भएको छ ।
उहाँले सो कार्यक्रममा प्रस्तुत भएका नृत्यका बारेमा परिचर्चा गर्दै एउटै मञ्चमा हिमाली भेकको डम्बुसेलोदेखि पहाडको मारुनी, उपत्यकाको नेवार संस्कृति लगायत तराईको थारु नाचसम्म हेर्ने अवसर मिल्यो । उहाँले यसबाट पनि पुष्टि हुन्छ कि हामी लोकसंस्कृतिमा कति धनी छौं ? यी सम्पदा राष्ट्का पूँजी हुन् यिनको संरक्षण हामी सबैको कर्तव्य हो र त्यसतर्फ त म, यो त्यो नभनी सबै एक भएर लागौं, एकतामै बल छ र सफल पनि होइन्छ भन्नु भयो । उहाँले त्यस्तो उत्कृष्ठ कार्यमा योगदान गर्ने प्याब्सनको मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।
उक्त अवसरमा प्याब्सनका गण्डकी प्रदेशका अध्यक्ष दिनेशकुमार श्रेष्ठले निजी विद्यालयहरु विशिष्ट छन् भन्ने आजको कार्यक्रमले पनि सिद्ध गरेको जिकिर गर्नु भयो । यस्ता गतिविधिलाई जिवन्तता दिन आवश्यक छ उहाँले औंल्याउनु भयो ।
कार्यक्रममा प्याब्सनका पूर्वकेन्द्रीय सदस्य एवम् मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले प्याब्सनले धेरै वर्षदेखि गर्दै आएका क्रियाकलापबाट आफू खुशी हुने गरेको बताउँदै यस्ता कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जित गरी निरन्तरता दिनु पर्नेमा जोड दिनुभयो । त्यस्तै प्याब्सन लमजुङका कानुनी सल्लाहकार एवम् बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले ४३ जना राष्ट्यिस्तरमा पुरस्कृत हुनेमध्ये तीन जना यस जिल्लाबाट पनि पर्नु खुशीको विषय हो, प्याब्सनका गतिविधि गहन, सम्मान योग्य र स्मरण लायक छन् भन्नुभयो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बीरबहादुर गुरुङले संस्थागत र सामुदायक विद्यालयहरूका विभिन्न तथ्यांक प्रस्तुत गर्नु हुँदै निजी क्षेत्रका विद्यालयको शैक्षिक योगदानलाई बिर्सन सकिन्न भन्नुभयो ।
यसैगरी, शिक्षक युनियनका जिल्ला अध्यक्ष तीर्थराज न्यौपाने आफू यो कार्यक्रम देखेर नतमस्तक भएको उल्लेख गर्नु भयो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि पौडेल तथा विशेष अतिथि गुरुङ र अर्याललाई सम्मान गरिएको थियो । साथै प्याब्सनले वर्षभर सञ्चालन गरेका विभिन्न ५० इभेन्टहरूका विजयी छात्रछात्रालाई पनि पुरस्कार वितरण गरिएको थियो ।
साथै उक्त अवसरमा सञ्चालन गरिएको नृत्य प्रतियोगितामा १४ विद्यालयले भाग लिएका थिए । जसमा भूपूसैनिक आमाविको मयुर नाँच पहिलो, विद्या विकास आमाविको साकेला नाच दोस्रो हुनुका साथै ल्याण्डस्टार आमाविको कौरा नृत्यले तेस्रो स्थान हासिल गरेका छन् ।
फुटबलको इतिहासमा हिमचुली आमाविको नयाँ केकर्ड–
हिमचुली आमाविले सो अवसरमा खेलाइएको फुटबलको छात्र छात्राका प्रतियोगितामा नयाँ रेकर्ड कायम गरेको छ कि फुटबलको कुल खेल अवधिमा उसले एक गोल पनि खाएन । फुटबल प्रतियोगितामा दुवैतर्फका खेलमा सोही आमावि पहिलो भयो । चार दिनसम्म चलेको उक्त प्रतियोतिगामा १५ विद्यालयले भाग लिएका थिए । फुटबलको छात्रतर्फको प्रतियोगिताको फाइनल खेल युनिभर्सल एकेडेमी बेसीशहर र हिमचुली आमावि खुदीका बीचमा भएको थियो । सो खेलमा ०– ३ गोलले हिमचुली आमावि पहिलो भएको हो । सो प्रतियोगितामा छात्रतर्फको खेलमा ०– ३ गोलले हिमचुली पहिलो भएको हो, सो प्रतियोगितामा युनिभर्सल एकेडेमी दोस्रो र अर्थ्ली प्याराडाइज आमावि र विद्याविकास आमावि तेस्रो भएको प्याब्सन लमजुङका अध्यक्ष मेनबहादुर घलेले बताउनु भयो । उहाँका अनुसार सर्वाधिक गोलकर्तामा हिमचुली आमाविकै छात्र विपिन तामाङ पुरस्कृत भएका छन्, उनले खेल अवधिमा छ गोल गरेका थिए ।
यसैगरी, छात्रातर्फको फाइनल खेल र हिमचुली आमावि खुदीका बीचमा भयो । छात्रातर्फ सन्दीपा भण्डारीले खेल अवधिमा सात गोल गरी सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरिन् । सोही अवसरमा गरिएको भलिबल प्रतियोगिताको छात्रछात्रा प्रतियोगितामा पनि दुवैतर्फ हिमचुली आमावि खुदी नै पहिलो भएको प्याब्सन लमजुङका सचिव विमल अधिकारीले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगितामा भूपू सौनिक आमावि बेसीशहर छात्रातर्फ दोस्रो भयो भने छात्रतर्फ हिमाली आमावि भोर्लेटार दोस्रो हुन सफल रह्यो । प्रतिद्वन्द्वी खेल टिमलाई सिधा सेटमा परिजित गरी हिमचुली आमाविका छात्र छात्रा पहिलो भएका हुन् ।
विजयी छात्रछात्रालाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सदस्य भेषबहादुर पौडेल, प्याब्सनका पूर्व केन्द्रीय सदस्य एवम् मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ र प्याब्सनका कानुनी सल्लाहकार एवम् बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले ट्फी, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
जनप्रतिनिधि र शिक्षकहरू तथा व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्मान :
३२ औं प्याब्सन डेका अवसरमा आयोजना गरिएको भव्य समारोहमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
सम्मानित हुनुहुनेमा जिल्लाका जनप्रतिनिधिहरू प्रदेशसभाका सदस्य भेषबहादुर पौडेल, बेसीशहर नगरपालिकाका मेयर एवम् प्याब्सनका कानुनी सल्लाहकार गुमानसिंह अर्याल, प्याब्सनका पूर्वकेन्द्रीय सदस्य एवम् मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका साथै प्याब्सनमा आवद्ध १९ विद्यालयका १÷१ जना शिक्षकहरू सम्मान गरिएको थियो ।
त्यसैगरी, सो अवसरमा ग्रिनम्याली आमावि, भोर्लेटारको व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर कुँवरलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा एसईईमा उच्च अंक ल्याउने छात्रछात्रालाई पनि सम्मान गरिएको थियो ।
व्याब्सनको जिल्लास्तरमा हिमचुली आमावि सर्वोत्कृष्ट
यसैबीच, निजी विद्यालय अर्गनाइजेशन प्याब्सन लमजुङको आयोजनामा गरिएको ३२ औं प्याब्सन डेका अवसरमा उत्तरी क्षेत्रको खुदीमा सञ्चालित हिमचुली आमावि जिल्लामा सार्वेत्कृष्ठ हुन सफल भएको छ । १३७ अंकका साथ उ पहिलो भएको हो । त्यस्तै, भूपूसैनिक आमावि बेसीशहर १३१ अंकका साथ दोस्रो भएको छ भने ११३ अंक ल्याएर युनिभर्सल एकेडेमी बेसीशहर तेस्रो भयो । ती विद्यालयलाई पुरस्कार स्वरुप क्रमशः ३०, २० र १० हजार नगद र प्याब्सन कप प्रदान गरिएको छ ।
प्याब्सनका जिल्ला अध्यक्ष मेनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईश्वर पौडेलले स्वागत तथा सञ्चालन सचिव विमल अधिकारीले गर्नु भएको थियो ।
प्याव्यसले फूलबारी मञ्चमा औपचारिक कार्यक्रम शुरु गर्नु अघि मनाङ्गे चौताराबाट शिक्षक विद्यार्थी सहभागी र्याली समेत प्रदर्शन गरिएको थियो ।
प्रकाशित मिति २०७९ पुष २५, सोमबार ०७:४५ गते