बेलायतका पूर्वप्रधानमन्त्री विष्टन चर्चिल– बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता वक्ताको अनुभव

बेलायतका पूर्वप्रधानमन्त्री विष्टन चर्चिल– बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता वक्ताको अनुभव

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २५ गते सोमबार ०९:१८

‘त्यसै दिन मैले बुझे कि पैसाको प्रभावमा सिद्धान्त कसरी बदलिन्छ, इमान्दारिता कसरी बेचिन्छ, संकल्प कसरी तुहिन्छ, परिवार कसरी भाडिन्छ, साथीहरू कसरी अलग्गिन्छन्, पैसाले नै मानिसहरू कसरी दास बनाइन्छन््् र मारिन्छन् । संसारमा दुःखद कुरा यो छ कि ! मानिस कसरी पैसामा बिक्छन्, मानिसको जिब्रो पैसाले किन्न सकिन्छ ।’ चर्चिलले थप भने ।

ड्राइभरको कुरा सुनेर म चकित भएँ

प्रेरक प्रसङ्ग :
बेलायतका पूर्वप्रधानमन्त्री विष्टन चर्चिल– बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता मानिन्छ । २० औँ शताब्दीको सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरूमध्ये उनलाई एक मानिन्छ, चर्चिल बेलायती र पश्चिमी संसारमा लोकप्रिय रहे, जहाँ उनी एक विजयी युद्धको नेताको रूपमा देखा पर्छन् । उनले फासीवाद विरुद्ध उदारवादी लोकतान्त्रिक संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री थिए । प्रधानमन्त्रीको रूपमा, चर्चिलले द्वितीय विश्व युद्धमा बेलायतलाई सफलता दिलाएका थिए ।
उनैले एक दिन आफ्नो पुरानो एक अनुभव सुनाउँदै भने,
‘एक दिन मैले बिबिसीमा अन्तरवार्ता दिनका लागि जानु पर्ने भयो, त्यो दिन म अलिक बढी व्यस्त पनि थिएँ, मेरो ड्राइभर बिरामी थिए, त्यसैले म ट्याक्सी लिएर त्यो स्टुडियोतर्फ लागेँ । मलाई बिबिसीको स्टुडियोमा ४० मिनेटका लागि बस्नु पर्ने समय मागिएको थियो, त्यसैले ट्याक्सी ड्राइभरलाई मेरा लागि थप ४० मिनेटका लागि पर्खनका लागि आग्रह गरेँ । तर ती ड्राइभरले मेरो कुरा इन्कार गर्दै भने, ‘माफ गर्नु होला महाशय, म त्यतिका समय पर्खिन सक्दिन । किनकि, आज विष्टन चर्चिलको महत्वपूर्ण ‘स्पिच’(अन्तरवार्ता) आउँदैछ, त्यसैले त्यो सुन्नका लागि म घरमा जानै पर्छ ।’
ड्राइभरको कुरा सुनेर म चकित भएँ, मेरो अन्तरवार्ता सुन्नका लागि उसले देखाएको चाख देखेर खुशी पनि भएँ । मैले उसलाई म को हुँ भनेर बताइन र खल्तीबाट १० पाउण्ड निकाले र उसको हातमा राखिदिएँ । तब उस्ले मलाई भन्यो, ‘महाशय ! म तपाईका लागि ४० मिनेट हैन एक घण्टा पनि पर्खिन सक्छु । जाबो चर्चिलको भाषण जे सुकै होस् बाल मतलब !’
विष्टन चर्चिलले थप भने, ‘त्यसै दिन मैले बुझे कि पैसाको प्रभावमा सिद्धान्त कसरी बदलिन्छ, इमान्दारिता कसरी बेचिन्छ, संकल्प कसरी तुहिन्छ, परिवार कसरी भाडिन्छ, साथीहरू कसरी अलग्गिन्छन्, पैसाले नै मानिसहरू कसरी दास बनाइन्छन््् र मारिन्छन् । संसारमा दुःखद कुरा यो छ कि ! मानिस कसरी पैसामा बिक्छन्, मानिसको जिब्रो पैसाले किन्न सकिन्छ ।’

प्रकाशित मिति २०७९ पुष २५, सोमबार ०९:१८ गते
हजुरको प्रतिक्रिया