मध्यनेपालमा एकीकृत घुम्ती सेवा शिविर

मध्यनेपालमा एकीकृत घुम्ती सेवा शिविर

प्रकाश खनाल

@antaranganews

२०७९ पुस २६ गते मङ्गलबार ०८:३२

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती सेवा शिविर जारी छ । शिविरको दोस्रो दिन आज वडा नम्बर २ मा सेवा प्रदान गरिएको छ । सो शिविरमा २ ‌ओटा योजना सम्झौता, सामाजिक सुरक्षा दर्ता २ वटा, व्यक्तिगत घटना दर्ता ५ वटा...

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती सेवा शिविर जारी छ ।

शिविरको दोस्रो दिन आज वडा नम्बर २ मा सेवा प्रदान गरिएको छ । सो शिविरमा २ ‌ओटा योजना सम्झौता, सामाजिक सुरक्षा दर्ता २ वटा, व्यक्तिगत घटना दर्ता ५ वटा गरिएका छन् । यस्तै शिविरमा ६३ घरपरिवारलाई कृषि सेवा र औषधि वितरण गरिएको छ भने ९५ परिवारले पशुसेवा लिएका छन् । व्यक्तिगत घटना दर्तासम्बन्धी अभिमुखीकरणसमेत गरिएको कार्यक्रममा ७८ जनालाई ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको नेतृत्वमा नगरभित्रका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने शिविर माघ ६ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति २०७९ पुष २६, मंगलवार २०:३२ गते
हजुरको प्रतिक्रिया