तनहुँको म्याग्देमा बालश्रममुक्त सरोकारवालाको क्षमता वृद्धि अभिमुखीकरण

तनहुँको म्याग्देमा बालश्रममुक्त सरोकारवालाको क्षमता वृद्धि अभिमुखीकरण

अन्तरङ्ग संवाददाता

@antaranganews

२०७९ पुस २७ गते बुधबार ०८:४०

दमौली- गण्डकी प्रदेशकै पहिलो बालश्रम मुक्त घोषणा भएको गाउँपालिका मध्येको नमुना म्याग्दे गाउँपालिका का श्रम अनुगमन समिति तथा बाल संरक्षण समितिको २ दिने क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका अध्यक्ष...

दमौली- गण्डकी प्रदेशकै पहिलो बालश्रम मुक्त घोषणा भएको गाउँपालिका मध्येको नमुना म्याग्दे गाउँपालिका का श्रम अनुगमन समिति तथा बाल संरक्षण समितिको २ दिने क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । अनुगमन समितिका अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको अध्यक्षतामा संचालन अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, शाखा प्रमुखहरू, बालश्रमसँग आवद्ध संस्थाहरूका प्रतिनिधी, बाल क्लबका प्रतिनिधि एवं अन्य सरोकारवालाहरूको उपस्थिती रहेको थियो ।

म्याग्दे गाउँपालिका, जि.एफ.आई  र एकीकृत हरित विकास नेपालको सहकार्य एवं आर्थिक सहयोगमा बालश्रममुक्त म्याग्दे गाउँपालिका निर्माण गर्न सरोकारवालाको क्षमता विकास गर्दै अनुगमन संयन्त्रलाई सक्षम, दिगोपन बनाउन र भविष्यमा बालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरी जिसीले जानकारी दिएका छन् ।

श्रममैत्री स्थानीय पालिका निर्माणमा आवश्यक कानुनी प्रक्रिया र दिगोपन रुपमा संचालन संयन्त्रका लागि सहयोग गर्दै विक्रमसंवत् २०८१ सम्ममा बालमैत्री स्थानीय शासन निर्माण गर्ने लक्ष्यमा सहयोगी भूमिका खेल्न हामीले हातेमालो गरेका छौं जिस.एफ.आईका राष्ट्रिय निर्देशक सुरेश पण्डितको भनाइ रहेको थियो । कार्यक्रममा पण्डितले म्याग्दे गाउँपालिकाको अनुगमन समितिलाई चुस्तदुरुस्त क्रियाशील गराउन प्राविधिक सहयोग होस् भनी एक थान ल्यापटप समेत प्रदान गरेका थिए ।

दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील हरिसिंह गुरुङ, गुडवेभका उमेश कुइकेल र जिएफआईका सुदिप सेढाईले प्रशिक्षण दिनेछन् भने बालश्रमसंग सम्बन्धित ऐन, नियम, सरोकारवालाको भुमिका, अनुगमन संयन्त्र र उक्त संयन्त्रको क्षमता अभिवृद्धि र क्रियाशिलताका विषयवस्तु रहने  आयोजकहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति २०७९ पुष २७, बुधबार २०:४० गते
हजुरको प्रतिक्रिया