लमजुङका गुरुङलाई रारा राष्ट्रिय म्युजिक अवार्ड सम्मान

लमजुङका गुरुङलाई रारा राष्ट्रिय म्युजिक अवार्ड सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २८ गते बिहिबार ०९:४२

कलाकारसमेत रहनु भएका गुरुङले लामो समयदेखि गुरुङ भाषाको गीतमा नृत्य निर्देशकको भूमिका निभाउँदै आउनु भएको छ ।

उत्कृष्ट ५ मा पर्न सफल कलाकारहरूलाई सम्मान गरिएको

काठमाडौं– लमजुङका नृत्य निर्देशक तथा कलाकार कमलबहादुर गुरुङ रारा राष्ट्रिय म्युजिक अवार्ड सम्मानित हुनुभएको छ । उहाँ भाषाभाषाी गीतको सर्वोत्कृष्ट निर्देशकमा छानिएर पुस २६ गते सम्मानित हुनु भएको हो ।
लमजुङको क्व्होलासोंथर गाउँपालिका– ४ भुजुङ घर भएका गुरुङ सर्वोत्कृष्ट निर्देशकको रुपमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ बाट सम्मानित हुनु भएको हो । राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा उक्त सम्मान कार्यक्रम भएको थियो । सो अवसरमा उत्कृष्ट ५ मा पर्न सफल कलाकारहरूलाई सम्मान गरिएको थियो ।
कलाकारसमेत रहनु भएका गुरुङले लामो समयदेखि गुरुङ भाषाको गीतमा नृत्य निर्देशकको भूमिका निभाउँदै आउनु भएको छ ।
नेपाली कला सँस्कृतिको उत्थान, श्रष्टाहरूको सम्मान भन्ने नाराका साथ कर्णाली कलाकार समाज, कनका सुन्दरी फिल्मस प्रा.लि.ले रारा राष्ट्रिय म्युजिक अवार्ड– २०७९ आयोजना गरेका थिए ।

प्रकाशित मिति २०७९ पुष २८, बिहीबार ०९:४२ गते
हजुरको प्रतिक्रिया