
सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिकाले राजस्व संकलनका लागि सरोकारवाला निकायसँग साझेदारी गर्ने भएको छ । लमजुङको राजस्व परामर्श समितिको बैठकमा बैठकमा बिशेष आमन्त्रित सो नगरपाकिलाका मेयर कृष्णप्रसाद कोइराला पुस २७ गते त्यस्तो बताउनु भएको हो ।
वैठकलाई सम्बोधन गर्ने क्रममा मेयर कोइरालाले राजस्व संकलन र बृद्धिका लागि नगरपालिकाले व्यापारी व्यवसायीका सरोकारवाला संगठन चेम्बर अफ कमर्स, लउवा संघको इकाई लगायतका संस्थासँग सहकार्य गर्न र करको दरभन्दा पनि संख्या बढाउनु पर्नेमा जोड दिनु भएको छ ।
सो वैठक नगरपालिकाका उप– प्रमुख भवानी केसीको अध्यक्षता भएको हो । सुन्दरबजार नगरपालिकाले आ.व. २०७९/८० को पुस २५ सम्मको राजश्व संकलन स्थितिको समिक्षा गर्दै आगामी आ ब २०८०/८१को अनुमानित राजस्व एक करोड ६५ लाख संकलन गर्ने लक्ष्य लिएको सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीवाकर पौडेलले बताउनु भयो । उहाँका अनुसार आ ब २०७९/८० को राजस्व लक्ष्य प्राप्तिको लागि सरोकारवाला निकायसँग समन्वय छलफल गर्ने, व्यावसायिक कर संकलनको लागि चेम्बर अफ कमर्स, उद्योग बाणिज्य संघसँग समन्वय गर्ने, राजस्व वृद्धि गर्न ढुङ्गा बालुवा गिट्टी उत्खनन्बाट संकलन हुने राजस्वमा बिशेष निगरानी गर्ने निर्णय भएको
छ ।
उक्त वैठकमा सोही नगरपालिका– ७ का वडाध्यक्ष जयराम रेग्मी, सामाजिक विकास शाखा प्रमुख ठाकुरजी तिवारी, लेखा अधिकृत नरेन्द्रराज घिमिरे, कार्यपालिका सदस्य राधिका भट्टराई, चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, उ.बा.संघ सुन्दरबजार ईकाईका अध्यक्ष दण्डबहादुर सुनार तथा राजस्व बिज्ञ देवीप्रसाद अधिकारी साथै नगरपालिकाका प्रशासन अधिकृत बिबेक पण्डित, योजना प्रमुख ऋषिराम पौडेल, सूचना प्रविधि शाखाका प्रमुख सुजन मिश्र, राजस्व शाखा कर्मचारी हरिप्रसाद कुमाल लगायतको सहभागिता थियोे ।
प्रकाशित मिति २०७९ पुष २८, बिहीबार १६:५४ गते