बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकका लागि हेरचाह सम्बन्धी दुई दिने तालिम, उदघाटन सत्रको फाटो फिचर

बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकका लागि हेरचाह सम्बन्धी दुई दिने तालिम, उदघाटन सत्रको फाटो फिचर

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस २८ गते बिहिबार ०५:५४

गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले सो तालिमको उदघाटन गर्दै नीतिगत समस्या सहितको समाधानका लागि हरतरहले सहयोग गर्ने प्रतिवद्धता, समस्या र आवश्यकता बारे जानकारी दिन आह्वान गर्नु भएको थियो ।

तालिममा चितवन र लमजुङका १५/१५ जना सहभागी

बेसीशहर– लमजुङमा बौद्धिक अपाङ्गता भएका व्यक्तिका अभिभावकका लागि हेरचाह सम्बन्धी दुई दिने तालिम शुरु भएको छ । गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेलले सो तालिमको एक औपचारिक समारोहका बीच पुस २८ गते उदघाटन गर्नु भएको हो ।
सो तालिममा चितवन र लमजुङका १५/१५ जनाले भाग लिएका छन् । सो तालिमको आयोजना बौद्धिक अपङ्गताका अभिभावक महासंघ नेपालले गरेको हो । सो तालिममा बौद्धिक अपाङ्गता महासंघका केन्द्रीय महासचिव एवम् प्रमुख प्रशिक्षक रामनारायण श्रेष्ठले सहजकर्ताको भूमिका निभाउँदै आउनु भएको छ । त्यस कार्यक्रमको फोटो फिचर ।

प्रकाशित मिति २०७९ पुष २८, बिहीबार १७:५४ गते
हजुरको प्रतिक्रिया