
सुन्दरबजार(लमजुङ)– लमजुङको सुन्दरबजार स्थित सुन्दरबजार सामुदायिक सिकाई केन्द्रको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सुन्दरबजार नगरपालिका शिक्षा शाखाका प्रमुख ठाकुरजी तिवारीको प्रमुख आतिथ्यतामा पुस २४ गते भएको हो ।
सो अधिवेशनले आदर्श बाल मा.वि.का पूर्वप्रधानाध्यापक रामकृष्ण भण्डारीलाई अध्यक्ष चयन गरेको छ । सो अवसरमा कार्र्यक्रमका प्रमुख अतिथि तिवारीले सामुदायिक सिकाई केन्द्रको काम, कर्तव्य, अधिकार र गठन प्रक्रियाको बारेमा उल्लेख गर्नु भएको थियोे । उक्त अवसरमा आदर्श बाल मा.वि.का प्रधानाध्यापक सुर्यबहादुर बराल, विद्यालयका पूर्व प्रधानाध्यापक रामकृष्ण भण्डारी, फिल्म हल नमुना टोल विकास समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, श्यामका घिमिरे रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
अधिवेशनले रामकृष्ण भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरकेो छ । समितिको सचिवमा रश्मी थापा, कोषाध्यक्षमा श्यामका घिमिरे रेग्मी चयन हुनुभएको छ । यसैगरी उक्त समितिको सदस्यहरूमा आदर्श बाल माविका सूर्यबहादुर बराल, शिक्षा अभियान्त बिष्णुकुमार श्रेष्ठ, सीता रेग्मी, शान्ता सापकोटा, प्रभा काफ्ले रेग्मी रहनु भएको व्यवस्थापन समिति गठन भएको छ । यसैगरी, निवर्तमान अध्यक्ष राधादेवी श्रेष्ठको संयोजकत्वमा शान्ति सुनार र सरला सुवेदी लामिछाने रहनु भएको सल्लाहकार समिति गठन गरेको सचीव एवम् केन्द्रका समुदाय परिचालक रश्मी थापाले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति २०७९ पुष २८, बिहीबार १८:५६ गते