काठमाडौं– उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिए पछि उहाँ धरौटी राखेर पुस २९ गते रिहा हुनुभएकोछ । उहाँले अदालतको आदेश अनुसारको २० लाख रुपैयाँ धरौटी राखेर रिहा हुनु...
स्वागतमा शुभचिन्तकको घुइचो फोटो फिचर
काठमाडौं– उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिए पछि उहाँ धरौटी राखेर पुस २९ गते रिहा हुनुभएकोछ । उहाँले अदालतको आदेश अनुसारको २० लाख रुपैयाँ धरौटी राखेर रिहा हुनु भएको हो ।
ढाकाटोपीमा सजिएर शुभचिन्तक बीच राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने हसमुखका साथ उपस्थित हुनुभएको थियो ।
न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले त्यस्तो आदेश दिएको हो । उहाँलाई रिहा गर्न उच्च अदालत पुस २८ गते आदेश दिएको थियो । उहाँ रिहा हुँदा शुभचिन्तकहरूको भिड लागेको थियो । रिहा भए पछि उहाँले अदालतको निर्णयलाई सम्मान गर्ने बतानु भएको छ । उहाँका बारेमा सार्वजनिक रुपमा सफाईको माग गर्दै सामाजिक सञ्जालमा समेत भाइरल हुनुभएकी तारा बरालले आपसमा अंगालो हालेर सदभाव साटासाट गर्नु भएको थियो । प्रस्तुत छ सो क्षणको फोटो फिचर ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..