पोखरा जहाज दुर्घटनाका ६४ जनाको निधन भएको पुष्टि, जिवित उद्दार गरिएकाहरू समेत बाचेनन, यात्रुहरूको सूचि सहित

पोखरा जहाज दुर्घटनाका ६४ जनाको निधन भएको पुष्टि, जिवित उद्दार गरिएकाहरू समेत बाचेनन, यात्रुहरूको सूचि सहित

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १ गते आईतबार ०४:२५

जहाजमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए । त्यसमध्ये १३ महिला, १८ पुरुष र १ शिशुको शव फेला परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म ३२ जनाको शव निकालिएको छ ।
गण्डकी अस्पतालले आफ्नोमा ल्याइएका सबै जनाको निधन भएको बताएको छ । अस्पतालका अनुसार गण्डकी अस्पतालमा ३० जनालाई पुर्याइएको छ । अहिले पनि उद्धार गरिएका व्यक्ति ल्याउने क्रम जारी रहेको र कोही पनि जीवित नरहेको अस्पतालको भनाई छ ।

तीन सय मिटर गहिरो खोंचमा छन् शव

पोखरा– आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६४ जनाको निधन भएको छ । दुर्घटनास्थलबाट कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले माघ १ गते अपराह्न ३ बजे त्यस्तो पुष्टि गर्नु भएको हो । उहाँका अनुसार अहिलेसम्म भेटिएका मध्ये कोही पनि जीवित छैनन् ।
काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी– ६९१, ९ एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका– १७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।
कास्कीका प्रहरी प्रमुख एसपी केसीले भन्नुभयो, ‘३० वटा शव निकालेर अस्पताल पठाइसकेका छौं । ३४ वटा शव खोंचमा भेटिएका छन् । निकाल्न प्रयास जारी छ, तीन सय मिटर गहिरो खोंच भएकाले शव निकाल्न कठिन भइरहेको छ ।’
सो जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । मृतकमध्ये ५ जनाको सनाखत भएको केसीको भनाई छ । उहाँले थप भन्नुभयो, ‘दुर्घटना ग्रस्त जहाजमा लागेको आगो केही घन्टामा नियन्त्रणमा लिएर अहिले उद्धारको काम थालिएको हो ।’
दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको छ । नागरिक उड्ययन प्राधिकरणले विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार भएको जानकारी दिएको छ । प्राधिकारणका अनुसार विमानमा ४ जना चालक दलका सदस्यहरूमा क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर थिए ।
दुर्घटनास्थलमा भिड हुँदा उद्धारमा कठिनाई भइरहेको प्रहरी भनाई छ ।
विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा
यसैबीच, सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले बताउनु भयो । उहाँका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । उहाँका अनु्सार विमान दुर्घटनामा परेकाहरूको पार्थिक शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गरिने छ ।
यसैगरी, यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
सरकारले यो आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ । जाँच आयोगले दुर्घटनाका कारण पहिचान गर्नुको साथै र आगामी दिनमा दुर्घटना हुन अपनाउनु पर्ने सुझावसहित प्रतिवेदन पेस गर्नु पर्नेछ ।
आयोगको सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।
सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेको सरकारका प्रवक्ता पौडेलको भनाई छ ।
त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।
विमानले ‘ल्याण्डिङ क्लियरेन्स’ लिइसकेको थियो
‘ल्याण्डिङ क्लियरेन्स’ लिइसकेको विमान कसरी सेती खोंचमा खस्यो, अचम्मित छौं’ विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताउनु भयो । उहाँका अनुसार पाइलटले कुनै समस्या भएको जानकारी गराएका थिएनन् । उहाँले भन्नुभयो, ‘के कारणले विमान सेती खोंचमा खस्यो भन्न सकिएन, ‘अब अनुसन्धानबाटै विमान दुर्घटनाको कारण खुल्ला ।’
पोखराको मौसममा पनि कुनै समस्या थिएन । विमान सेती खोंचमा पुग्दासम्म टावरको सम्पर्कमै थियो । विमान सम्पर्कमा रहँदारहँदै ल्यान्डिङ एप्रोच लिने समयमा दुर्घटनामा परेको देखिएको छ ।
प्रधानमन्त्री प्रचण्ड पोखरा नजाने, बालुवाटारबाट फर्कियो हेलिकप्टर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यती एयरलाइन्सको विमान दुर्घटना भएको क्षेत्र पोखरा जाने कार्यक्रम स्थगित भएको छ । आफूहरू जाँदा उद्दार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बताउनु भयो ।

उहाँका अनुसार प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री, मन्त्रीहरू गइसकेपछि भीडभाड होला, असहज होला र नियन्त्रण गर्न गाह्रो होला भनेर नजाने निर्णय गरेका छौं ।’
प्राधिकरणले १० बजेर ५० मिनेट जाँदा जहाज सेती खोँचमा सम्पर्कमा आएको बताइएको छ । प्राधिकरणका अनुसार त्यसलगत्तै जहाज दुर्घटनामा परेको हो । जहाजमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए । त्यसमध्ये १३ महिला, १८ पुरुष र १ शिशुको शव फेला परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म ३२ जनाको शव निकालिएको छ ।
उता, गण्डकी अस्पतालले आफ्नोमा ल्याइएका सबै जनाको निधन भएको बताएको छ । अस्पतालका अनुसार गण्डकी अस्पतालमा ३० जनालाई पुर्याइएको छ । अहिले पनि उद्धार गरिएका व्यक्ति ल्याउने क्रम जारी रहेको र कोही पनि जीवित नरहेको अस्पतालको भनाई छ ।

यात्रुहरूको सूचि

पोखरामा भएको विमान दुर्घटनामा सवार यात्रुहरुको नामावलीः नेपाली यात्रुः किसान आचार्य निशान्त आचार्य शालिगराम आचार्य सडकात अलिमिया पूर्ण बहादुर गुरुङ जितेन्द्र बहादुर कुँवर एलिना बन्ड्रो अनिशा बानियाँ स्लक भट्ट निरा छन्त्याल आशिमा गुरुङ अनुशा गुरुङ बेलमान गुरुङ विजयकुमार गुरुङ जीवनकला गुरुङ माया गुरुङ लक्कि गुरुङ शिवकुमार गुरुङ सिता गुरुङ यमुना गुरुङ यास्मिन गुरुङ रविन हमाल सन्जय जैसवाल सोनु जैसवाल रचना काफ्ले सीता कुमारी खड्का अनिल कुमार राजभार भगवती कुँवर अविशेक कुश्वाह ओम माया गुरुङ सुस्मा पाण्डे हरि परियार लक्ष्मी परियार रिता परियार अरुण पौडेल लक्ष्मी पौडेल प्रसिद्धि पौडेल त्रिभुवन पौडेल पोजन राना सविना रायमाझी राजन सापकोटा अनिल शाही संगिता शाही जमुना शर्मा विशाल शर्मा युवराज शर्मा मोहन श्रेष्ठ डा. शोना दिवाकर बन्दना सुनार राजुसिंह ठकुरी चुर्ण थापा गणेश थापा लवराज तिमिल्सिना को को थिए ।

विदेशी यात्रु मेरोल लभ आयूरी ल्यागीन भिक्टर ल्यागीन जेनितसन्डरा पालाभेकिनो भिक्टोरिया अतुनिना इलिना बण्डुरो रुअनकालुम क्रिघ्टोन एलेक्जेण्डर आइरिडोरे शिशुहरु: कृष परियार प्रसिद्धी पौडेल आयुर्दि शर्मा बेबी शर्मा अन्य दुईजना शिशुहरुको नाम खुल्न बाँकी छ ।

प्रकाशित मिति २०७९ माघ १, आईतवार १६:२५ गते
हजुरको प्रतिक्रिया