लमजुङका पौडेललाई विद्यावारीधि उपाधी

लमजुङका पौडेललाई विद्यावारीधि उपाधी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १ गते आईतबार ०६:०६

विभिन्न सरकारी तथा गैरसरकरी क्षेत्रसँग आवद्ध भई तथ्यांक विश्लेषण तथा योजनाका क्षेत्रमा कामहरू गरी अनुभव हासिल गर्नु भएका पौडेल लामो सयमदेखि नेपाल सकारको सूचना प्रविधि अधिकृतको रुपमा सेवारत रहँदै आउनु भएको छ । त्यसको अलवा दर्जनौं बैदेशिक तालिम, सेमिनार तथा गोष्ठीहरूमा सहभागी भई आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।

भारतको राजस्थान (चित्रौडगढ) स्थित मेवार्ड विश्वविद्यालयबाट विद्यावारीधि

बेसीशहर– लमजुङका पौडेलले विद्यावारीधि उपाधी हासिल गर्नु भएको छ । मध्यनेपाल नगरपालिका– १ जिता निवासी पुष्पराज पौडेललाई भारतको राजस्थान (चित्रौडगढ) स्थित मेवार्ड विश्वविद्यालयले A Study on Effectiveness of Household income for Rural Development in Nepal विषयमा विद्यावरिधी उपाधी प्रदान गरेको हो ।
ग्रामीण क्षेत्रको आर्थिक सम्बृद्धी कसरी गर्न सकिन्छ र जीवनस्तरमा परिवर्तन गर्न सकिन्छ भन्ने उहाँको अनुसन्धानको विषय रहेको छ । विभिन्न सरकारी तथा गैरसरकरी क्षेत्रसँग आवद्ध भई तथ्यांक विश्लेषण तथा योजनाका क्षेत्रमा कामहरू गरी अनुभव हासिल गर्नु भएका पौडेल लामो सयमदेखि नेपाल सकारको सूचना प्रविधि अधिकृतको रुपमा सेवारत रहँदै आउनु भएको छ । त्यसको अलवा दर्जनौं बैदेशिक तालिम, सेमिनार तथा गोष्ठीहरूमा सहभागी भई आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ ।
ग्रामीण क्षेत्रको आर्थिक अवस्था, रोजगारी, स्थानीयस्तरमा उपलव्ध हुने श्रोत र साधानहरूको भरपुर उपयोग गरी आफ्नो अध्ययनको विषयलाई प्रयोगात्मक रुपमा साकार बनाउन निकै चिन्तित हुनुुहुन्छ ।
उहाँले आफ्नो विषयसँग सम्वन्धित क्ष्ोत्रमा आबद्ध सरकारी, गैरसरकारी, सँघ संस्था तथा व्यक्तिगत रुपमा पनि काम गर्न इच्छुक रहेको अन्तरङ्ग न्यूजडट कमको भेटमा बताउनु भयो । विशेष गरी दुर दराजका ग्रामीण क्षेत्रलाई आधार बनाएर कार्य गर्न इच्छु उहाँ आफ्नो विषय सम्बद्ध जोकोही सँग पनि सहकार्य गर्न पाएमा आफ्नो अध्ययन सफल भएको अनुभुति हुनेमा आशावादी देखिनु हुन्छ ।

उहाँ हाल काठमाडौंमा बस्दै आउनु भएको छ ।
पिता स्वर्गीय ऋषिराम पौडेल तथा माता कान्ताकुमारी पौडेलका कान्छा सुपुत्र डा. पुष्पराज पौडेललाई जिल्लाबासीको तर्फवाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

प्रकाशित मिति २०७९ माघ १, आईतवार १८:०६ गते
हजुरको प्रतिक्रिया