
पाउँदी(लमजुङ– राष्ट्यि योग दिवस सर्वोदय सेवाश्रममा मनाइएको छ । ध्यानाचार्य, सद्गुरु द्वितीय व्यास प्रकाश स्वामी खेमराज अधिकारीको सानिध्यमा विशेष योग साधना र परिचर्चाका साथ माघ १ गते दिवस मानाइएको हो ।
सो अवसरमा राइनास नगरपालिका– ९ राइनासकोट निवासी मानवीय सामाजिक भावनाकी धनी यस सर्वोदय सेवाश्रमकी शुभेच्छुक भूमि एवम् चन्दा दाता खुशीमाया गुरुङले आफ्नो ८४ बर्ष प्रवेशको उपलक्ष्यमा आश्रमलाई सहयोग गर्नु भएको छ । उहाँले आफ्ना छोरा/छोरी, बुहारी, नाति लगायत आफन्तहरुका साथमा आउनु भएर सर्वोदय सेवाश्रममा खाद्यसामग्री चामल, दाल, तेल, नुन, चिनी, राइसकुकर, केत्ली, थर्मश, कप, हटकेश, फलफूल, २/२ सेट पुरुष र महिलाको लागि कपडा सहित नगद २५ हजार प्रदान गर्नु भयो । साथै, उहाँले आज बिहानको भोजन सेवा बापत सात हजार रुपैयाँ प्रदान गर्नुका साथै आश्रमका सबै बाबा आमाहरुलाई १/१ सय दक्षिणा प्रदान गर्नुभयो । सो अवसरमा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले खुशीमाया आमाको दिर्घायु सुस्वास्थ्य, खुशी र आनन्दित जीवनको मंगलकामना गर्नु हुँदै उहाँको परिवारका सम्पूर्णलाई यो सद्भावपूर्ण सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भयो । खुशीमायाले १५ बर्ष अगाडि सर्वोदय सेवाश्रमलाई ४ रोपनी जग्गा र अनमोल आशीर्वाद प्रदान गर्नु भएको थियो ।
यसैगरी, राइनास– ९ कुंडुले स्थित तमु एकता आमा समुहका आमा दिदीबहिनीहरु सामाजिक भावकी सक्रिय अगुवा डिलमाया गुरुङको नेतृत्वमा आजै दिवा खाजा रोटी, तरकारी, तरुल, सखरखण्ड, फलफूल र प्रदान गर्नु भयो । सो समूहमा ५० जना सदस्य रहेका छन् ।
समाज विकास र सुधारमा सक्रिय उहाँहरुको सहयोगका लागि आश्रमबाट धन्यवाद ज्ञापन गरिएको छ ।
प्रकाशित मिति २०७९ माघ २, सोमबार ०५:५२ गते