मर्स्याङ्दी शैक्षिक महोत्सव २०७९ को समापन आज

मर्स्याङ्दी शैक्षिक महोत्सव २०७९ को समापन आज

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २ गते सोमबार ०८:२८

भलिबल र फुटबलका केही खेल बाँकी छन् तर पनि ती सकेर आज साँझ अबेर भने पनि समापन गरिने भएको छ ।

भलिबल र फुटबलका केही खेल बाँकी, ती खेल को को बीचमा ?

खुदी(लमजुङ)– लमजुङमा जारी मर्स्याङ्दी शैक्षिक महोत्सव– २०७९ को आज सातौं दिन समापन गरिने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्का लागि खेलकुद’का साथ गाउँपालिकास्तरीय अन्तर विद्यालय खेलकुद पछिल्ला तीन दिन सञ्चालन हुँदै आएको हो ।
आ.वि.स्तरीय फुटबलको माघ १ गते सम्पन्न भएको क्वाटर फाईनल खेलमा प्रेम मिलन मा. वि. र अरन्यज्योती आ. वि. बीच भएकोमा प्रेम मिलन मा.वि. विजयी भएको छ । सरस्वती सदन आ. वि. र गंगामिलन मा. वि बीच भएकोमा गंगामिलन मा.वि. विजयी भयो । त्यस्तै, हिमचुली मा. वि. र ग्राम कल्याण मा. वि बीच भएकोमा हिमचुली मा. वि विजयी भएको छ । यसैगरी, अमर मावि. र प्रभत शान्तिपूर्ण मा.वि. मध्ये अमर मा.वि. विजयी भएको छ ।
सो अवसरमा सम्पन्न भएका खेलहरूमा मा.वि. १०० मिटर दौड छात्रतर्फ प्रेम मिलन मा. वि.का प्रमोद गुरुङ पहिलो भएका छन् । त्रिभुवन मा.वि.का बुद्धि बि.क. दोस्रो र प्रभात शान्तिपूर्ण मा. विका आशिष परियार तेस्रो भएका छन् ।
सोही खेलको छात्रातर्फको खेलामा हिमचुली आ.मा.वि.का शुभेच्छा थापा पहिलो, प्रभात शान्तिपुर्ण मा. विका करुणा न्यौपाने दोस्रो र त्रिभुवन मा. विका अन्जिन बि. क. तेस्रो भएकी छन् । त्यस्तै, चार सय मिटरको छात्रतर्फ त्रिभुवन मा.विका राजन गुरुङ पहिलो, अमर मा. विका बिमल भुजेल दोस्रो, गणेश मा. विका मनिष परियार तेस्रो भएका छन् भने सोही खेलको छात्रातर्फ हिमचुली आ.मा.वि.का सन्दिप भण्डरी पहिलो भए । यसैगरी, त्रिभुवन मा. विका सन्जिता बि. क. दोस्रो र अमर मा. विका पुजा बि. क.ले तेस्रो स्थान हासिल गरेकी छन् ।
यसैगरी, प्राविस्तरको गणित दौड छात्रतर्फ हिमचुली आ.मा.विका संगम भण्डारी पहिलो, बिनायक प्रा. वि दोस्रो र महेन्द्रदेव मा.विका रोहित तामाङ तेस्रो भएका छन् भने सोही खेलको छात्रातर्फ अरणज्योती प्रा विका ज्ञानु श्रेष्ठ पहिलो, धनेश्वोर प्रा. विका ऋृतु गुरुङ दोस्रो र सरस्वती सदन आ.विका कतिका परियार तेस्रो भएका छन् ।
त्यस्तै, तीन हजार मिटरको मा. वि. दौड प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मा.वि.का राजन गुरुङ पहिलो भएका छन् भने ग्राम कल्याण मा. विका बलबहादुर गुरुङ दोस्रो र महेन्द्र देव मा. विका बिक्रम गुरुङ तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ त्रिभुवन मा. विमा सदिक्षा बि. क. पहिलो, अमर मा. विका रोजिना तामाङ दोस्रो र गगा मिलन मा. विका रेणु गुरुङले तेस्रो स्थान हासिल गरेकी छन् ।
मा. वि.तर्फ कै १५०० मिटर दौड प्रतियोगिताको छात्रतर्फ महेन्द्र देब मा. विका अर्जुन बि. क. पहिलो, गंगा मिलन मा.विका युकेश गुरुङ दोस्रो र प्रेम मिलन मा. वि तेस्रो भएका छन् ।
सोही खेलको छात्रातर्फको प्रतियोगितामा हिमचुली आ.मा.विका सन्दिपा भण्डारी पहिलो, ग्राम कल्याण मा. विका रुद्रकाशी गुरुङ दोस्रो र महेन्द्रदेब मा. विका शर्मिला थापा तेस्रो भएकी छन् ।
मा. वि.स्तरीय ज्याबलिङ थ्रोको छात्रतर्फको प्रतियोगितामा महेन्द्र देब मा. विका मिलन गुरुङ पहिलो, प्रेम मिलन मा. विका आशिरष गुरुङ दोस्रो र त्रिभुवन मा. विका बुद्धिबहादुर बि. क.तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ चन्द्रोदय मा. विका बबिता गुरुङ पहिलो, प्रभातशान्तिपुर्ण मा. विका सरस्वती खड्का दोस्रो र गंगा मिलन मा. विका प्रशंसा गुरुङ तेस्रो भएका छन् ।
यसैगरी, मा. विस्तरीय हाई जम्प छात्रतर्फ प्रेम मिलन. मा. विका प्रमोद गुरुङ पहिलो, महेन्द्र देब मा. विका अर्जुन बि. क. दोस्रो र अमर मा. विका पृथिबी परियार तेस्रो भएका छन् ।
सोही खेलको छात्रातर्फको प्रतियोगितामा महेन्द्रदेब मा. विका सन्जिता बि.क. पहिलो, हिमचुली आ.मा.विका मिलना थापा दोस्रो र त्रिभुवन मा. वि तेस्रो भएका छन् ।

उक्त शैक्षिक महोत्सव एवम् प्रतियोगिता अमर मावि खुदीको हातामा सञ्चालन भइरहेको छ । महोत्सवको संविधानसभाका सदस्य जमिन्द्रमान घलेले उदघाटन गर्नु भएको हो ।

भलिबल र फुटबलका बाँकी खेल को को बीचमा ?
आज हुने भलिबल खेलमा छात्रातर्फको हिमचुली आमावि र महेन्द्रदेव मावि बीचमा फाइनल खेल हुँदैछ भने छात्रतर्फ सोही खेलमा त्रिभुवन मावि र गणेश माविका बीचमा फाइनल खेल हुने भएको मर्स्र्याङदी गाउँपालिका खेलकुद विकास समितिका सचिव कुलबहादुर विकले बताउनुभयो । उहाँका अनुसार फुटबलतर्फ छात्रतर्फको खेल गंगामिलन मावि र प्रेम मिलन मावि तथा अमर मावि र हिमचुली आमाविका बीचमा सेमी फाइनल खेल केही बेरमा सुरु हुने तयारी छ ।

प्रकाशित मिति २०७९ माघ २, सोमबार ०८:२८ गते
हजुरको प्रतिक्रिया