पञ्चयात र जिम्मदार पनि रहेछ गाउँमा
पानी नुन खानी, आयुर्वेद पुगेछ बाहुनडाँडामा
नुन खानी भएकोले च्चकुयु नाम रह्यो
सप्तकन्यादेवी माताले सबैको कल्याण गर्याे ।
नुन खानी मर्स्याङदीले पुरी बगाई दियो
सृष्टिकर्ताले चट्टानको बगैंचा पनि दियो
बेरोजगारी कम हुन रोजगारी चाहिन्छ
होमस्टेमा पनि बास बस्न पाईन्छ ।
ओडाको चट्टानमा घुम्ने पाहुनाहरू
अचम्म मान्छन् देखेर ढुङ्गाहरू
घोडा बाध्ने ढुङ्गाको पनि रहेछ नाम करण
भेडीगोठाला भेडा चराउदै गर्ने गर्थें रे आरम !
दारको ठेकी मदानी कुदीरहेका हुन्थे रे ! उहिले
कहाँ कता गयो देखिदैन छेपारो अहिले ।
ओडारमा नेपालको पहिलो रकगार्डेन बन्यो
खानी गाउँमा बिस्तारै विकासको दियो बल्न लाग्यो
रोजगारीको पनि हुँदैछ बिस्तारै चाहना
रकगार्डेन सोच ल्याउने हुनुहुन्छ महान ।
प्रकाशित मिति २०७९ माघ २, सोमबार १२:०४ गते