
पोखरा– यतिे एयरको हवाई दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवार र आफन्तले आज दिनभर अस्पतालमा कुर्दा पनि शव पाउन सकेनन् । सरकारले आज विहानदेखि सनाखत भएका शव पोष्टमर्टम गरेर आफन्तलाई बुझाउने हिजै उदघोष गरेको थियो । तर शव बुझ्नका लागि दिनभर पर्खिंदासमेत आफन्तको शव पाउन सकेछन् । त्यसपछि भने पीडित परिवारले आक्रोशित भए ।
विहान ९ बजेबाट शव बझाइन्छ भन्ने सुनेर ८ वजेदेखिनै अस्पताल परिसरमा जम्मा भएका मृतकका आफन्तहरू दिनभर भोकै प्यासै आक्रोशपूर्ण मुद्रामा देखिन्थे । अस्पताल परिसरमा तनाव बढ्न लागेपछि सुरक्षा सतर्कता बढाइयो । तर पीडित परिवारका आफन्तजनले सुरक्षा परिचालन गरेर आफूहरूलाई नतर्साउन भन्दै छिटो काम सक्न आग्रह गर्दै आफ्ना कारणले काममा बाधा नपार्ने बताइरहेका थिए । अन्ततः उनीहरू रित्तै हात फर्किन बाध्य भए ।
दुर्घटनामा परेर निधन भएका ६८ जनाको शव भवनमा राखिएको छ बाँकी ३ जना अझै फेला परेका छैनन् ।
विमान दुर्घटनामा परेर ज्यान गुमाएका ६९ जनाको शवमध्ये हालसम्म ४८ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ । सनाखत भएका व्यक्तिमध्ये २३ जनाको मात्र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमर्टम हुने भएको छ । बाँकी ४६ जनाको शव काठमाडौं लगेर पोष्टमर्टम गर्ने अस्पताल स्रोतको भनाई छ । पोष्टमार्टममा जम्मा ७ जना डाक्टर खटिएका छन् । उनीहरूले एक पटकमा २÷२ वटाका दरले शव पोष्टमर्टम गर्दा ढिलो हुन गएको हो ।
दुर्घटनामा वेपत्ता तीन जना अझै फेला परेनन्, भोलि फेरि खोजिने
जहाज दुर्घटनामा खोजी तथा उद्धारको कार्य स्थगित भएको छ । माघ २ गते साँझसम्म ६९ जनाको शव फेला परेको छ भने तीन जना अझै बेपत्ता छन् । फोला परेका सबै शवहरू गण्डकी अस्पतालमा राखिएको छ ।
खोजीका क्रममा केही शरीरका भागहरू फेला परेको तर ती एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी स्रोतको भनाई छ । खोजीमा सशस्त्रको गोताखोर टोली परिचालित छ ।
चार चालक दलसहित ७२ जना सवार रहेको जहाज हिजो बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको हो ।
प्रकाशित मिति २०७९ माघ २, सोमबार २१:१४ गते