यशोब्रह्म माध्यमिक विद्यालयको ६१ औं बार्षिकोत्सव तथा ६० औं अभिभावक दिवशमा विविध कार्यक्रम

यशोब्रह्म माध्यमिक विद्यालयको ६१ औं बार्षिकोत्सव तथा ६० औं अभिभावक दिवशमा विविध कार्यक्रम

सिर्जना बराल

@antaranganews

२०७९ माघ ७ गते शनिवार १०:४४

छात्रवृत्ती वितरण गर्न विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा १९ लाख ८४ हजार रुपैया संकलन गरिएको सो माविका प्रधानाध्यापक सूर्य बरालले बताउनु भयो । उहाँका अनुसार अक्षयकोषमा सबैभन्दा बढी तीन लाख १२ हजार रुपैयाँ र सबैभन्दा कम ५१ हजार रुपैयाँ दाताहरू १४ जनाबाट प्राप्त भएको हो ।

एक लाख ४० हजार रुपैयाँ छात्रवृत्ती वितरण, छात्रवृत्ती अक्षयकोष दाता १४ जनालाई सम्मान

बेसीशहर– बेसीशहर नगरपालिका–ं ३, बाहुनबेसी स्थित यशोब्रह्म माध्यमिक विद्यालयको ६० औ बार्षिकोत्सव तथा ६१ औं अभिभावक दिवश तीन दिवसीय रुपमा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा उक्त दिवसको मुख्य कार्यक्रम माघ ७ गते भएको हो ।
प्रमुख अतिथि पौडेलले वार्षिकोत्सवको उद्घाटन गर्दै विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा विद्यार्थी कम हुनुको कारणतर्फ सचेत हुनुपर्ने बताउँदै विद्यालयमा शैक्षिक वातावरण कायम राख्नका लागि समाजमा रहेका सम्पूर्ण वर्गहरू जिम्वेवारी बन्नुपर्नेमा उहाँको जोड थियो । त्यस्तै, उहाँले विद्यालयमा कम्पाउण्ड वाल तथा विद्यालयसम्म सडकको पहुँचको प्रवन्ध गर्नु पर्ने र त्यसका लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पौडेलले यशोब्रह्म स्मारिका विमोचन गर्नु भयो । ऐतिहासिक दस्तावेजका रुपमा प्रकाशन भएको विद्यालयको उक्त स्मारिका पहिलो हो । सो स्मारिकामा विद्यालयको स्थापनाकाल २०१८ देखिको इतिहास, चन्दा तथा जग्गादाताहरूको विवरणसहित समसामयिक विषयका लेखहरू समेटिएको छ । सो स्मारिका दुई सय पेजको रहेको छ ।
उक्त अवसरमा गण्डकी प्रदेशका सभा सदस्य टीका बस्याल, बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, बेसीशहर नगरपालिका शिक्षा शाखाका प्रमुख किशानराज चिलवाल, वडा नं ३ का वडाध्यक्ष चित्रबहादर दनाई, सो विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवम् नेपाली काँग्रेसको गण्डकी प्रदेश संगठन विभाग प्रमुख हरि बराल, शिक्षक महासंघका जिल्ला अध्यक्ष तिर्थ न्यौपाने, विद्यालयका पूर्वअध्यक्ष अम्बिकाप्रसाद घिमिरे, अभिावक संघका अध्यक्ष तिलक दुलाल हुनुहुन्थ्यो । यसैगरी शुभकामना व्यक्त गर्नु हुने अन्यमा वडा नं ३ सदस्य कृष्ण भूजेल, अक्षयकोषदाता सूर्यप्रसाद बराल, विद्यालय व्यवस्थापन समितिका सदस्य दलबहादुर मजाकोटी, शिक्षासेवी अङ्गराज घिमिरे, नेकपा एमालेका विमला हिमालि, नेकपा माओवादीका वडा न ३ का सदस्य महेश भुजेल, लमजुङ मावि गाउँशहरका प्रधानाध्यापक सीता बराल, पूर्वविद्यार्थी तथा यशोब्रह्म पुस्तकालयका अध्यक्ष भरतबाबु घिमिरे, विद्यालयका शिक्षक गमबहादुर दनाई र विद्यार्थीको तर्फबाट सुशील दनाई लगायतले हुनुहुन्थ्यो ।
विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालले १ करोड ४५ लाख ६९ हजार ८ सय २७ रुपैया बराबरको आयव्यय व्यक्त प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नु हुने १४ जना दाताहरूलाई सम्मान गरियो । अक्षयकोषको रकमबाट विद्यालयमा अध्ययन गर्ने १४० जना बालबालिकालाई एक हजार रुपैयँका दरले छात्रवृत्ति वितरण गरिएको थियो । छात्रवृत्ती वितरण गर्न विद्यालयमा स्थापना गरिएको अक्षयकोषमा १९ लाख ८४ हजार रुपैया संकलन गरिएको सो माविका प्रधानाध्यापक सूर्य बरालले बताउनु भयो । उहाँका अनुसार अक्षयकोषमा सबैभन्दा बढी तीन लाख १२ हजार रुपैयाँ र सबैभन्दा कम ५१ हजार रुपैयाँ दाताहरू १४ जनाबाट प्राप्त भएको हो । उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी रकम प्रदान गर्नु हुनेमा रुद्रनाथ स्मृति कोषमा उहाँका सुपुत्र महेश बरालबाट तीन लाख १२ हजार रुपैयाँ प्राप्त भएको हो ।’ त्यस्तै, देवीप्रसाद स्मृतिकोषमा तीन खाल रुपैयाँ १११।– नरहरि– महेश्वरी स्मृतिकोष तीन लाख रुपैयाँ सो रकम उहाँहरूका छोरा सरोज र इजन बरालले स्थापना गर्नु भएको छ । यसैगरी, आर्जन वाग्ले स्मृति कोष दुई लाख रुपैयाँ रहेको छ, सो कोषका दाता सूर्यकान्त वाग्ले हुनुहुन्छ । यसैगरी, प्रअ सूर्य बरालका तीन दाजुभाइ होदराज र मधु समेतले गंगादत्त– धनकुमारी स्मृतिकोषमा एक लाख ५१ हजार रुपैयाँ प्रदान गर्नु भएको छ । शिवलाल दनाईले आफ्नै नाउँमा एक लाख एक हजार ११५रुपैयाँ प्रदान गर्नु भएको प्रअ सूर्य बरालले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त घिमिरेको अध्यक्षतामा भएको उक्त वार्षिकोत्सव कार्यक्रमको विद्यालय सहायक प्रधानाध्यापक अरुण बरालले सञ्चालन गर्नुभएको थियो ।
वार्षिकोत्सवको तीन दिवसीय कार्यक्रमका अवसरमा पहिलो र दोस्रो दिन विद्यालयका विद्यार्थी बीच अन्तरसदनसदनात्मक विभिन्न १३ खेल खेलाइएको थियो । सो अवसरमा विद्यालयका विद्यार्थीहरूले नाचगान प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०७९ माघ ७, शनिबार २२:४४ गते
हजुरको प्रतिक्रिया