बेसीशहर– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङ शाखाको ३४औ जिल्ला सभा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले ऋषिराम घिमिरेलाई निर्बिरोध रुपमा सभापति माघ ६ गते चयन गरेको हो । उहाँ यसअघि उपसभापति हुनुहुन्थ्यो ।
सो सभाको उदघाटन गण्डकी प्रदेशका सभासद एवम् नेपाली काँग्रेसका जिल्ला सभापती डा. टकराज गुरुङले गर्नु भएको हो । उहाँले रेडक्रसको भावना र मर्म अनुसार मानवीय सेवामा जुट्नु पर्ने बताउनु भयो । विशिष्ठ अतिथि गण्डकी प्रदेशका अर्का सभासद एवम् नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापती भेषबहादुर पौडेलले रेडक्रस भनेको नितान्त र निःस्वार्थ सेवा हो जसले भोलिका दिनका कुनै प्रकारको आशा राखेको हुँदैन भन्नुभयो ।
उक्त अवसरमा गण्डकी प्रदेशका सभासदद्वय टीका बस्याल र पार्वती तामाङ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा स्वयम्सेवक रक्तादातामा वेदराज खनिया सम्मानित हुनुभएको छ भने उपशाखामध्ये चन्द्रेश्वर उपशाखा नगद पाँच हजार रुपैयाँ सहित सम्मानित भएको छ । जिल्लामा रेडक्रसका २३ शाखाहरू क्रियाशील रहेको जानकारीमा आएको छ ।
यसैगरी, जुनियर रेडक्रसका सर्कलहरूमा भैरव मावि मोहरिया सम्मानित भएको छ । सो विद्यालयलाई रेडक्रसका पूर्वजिल्ला सभापति अर्जुन स्मृति पुरस्कार नगद दुई हजार रुपैयाँ समेतबाट सम्मानित भएको छ ।
सो अवसरमा भएको निर्वाचनबाट सभापतीमा ऋषिराम घिमिरे, उपसभापतिमा कृष्णप्रसाद घिमिरे, महिला उपसभापती राधादेवी श्रेष्ठ, मन्त्री मदनकुमार न्यौपाने, कोषाध्यक्ष भीमबहादुर अधिकारी, दीपक न्यौपाने उपमन्त्री, चित्रबहादुर अधिकारी उपकोषाध्यक्ष चयन हुनुभएको निर्वाचन अधिकृत श्रीकान्त घिमिरेले बताउनु भयो । उहाँका अनुसार सदस्यहरूमा श्यामका घिमिरे, सुनिता तिमिल्सिना, सीता गुरुङ, मातृका प्रसाद खनाल, सुशीलचन्द्र अधिकारी, टीकाराम पौडेल, प्रमोदकुमार श्रेष्ठ, तिलकबहादुर दुलाल, पद्मराज कँडेल र नेत्रजङ्ग गुरुङ चयन हुनु भएको छ ।
रेडक्रसका जिल्ला सभापती दीपकराज बरालको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला सभापती बरालले वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष नारायण रिमालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन समेटिएका ६० पेजमा उल्लेख भएको एक पुस्तिका समेत सो अवसरमा वितरण गरिएको थियो ।
प्रकाशित मिति २०७९ माघ ८, आईतवार ११:५७ गते