कोभिड प्रकोप : चीनमा ८० प्रतिशत मानिसहरू संक्रमित

कोभिड प्रकोप : चीनमा ८० प्रतिशत मानिसहरू संक्रमित

एजेन्सी

@antaranganews

२०७९ माघ ८ गते आईतबार ०५:५१

चीनको सरकारी तथ्यांकअनुसार अनुसार चीनले अचानक आफ्नो शून्य कोभिड नीति खारेज गरेको झन्डै एक महिना दिन पछि जनवरी १२ सम्म कोभिड भएका करिब ६० हजार व्यक्तिको अस्पतालमा मृत्यु भएको सार्वजनिक भएको थियो ।

नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठूलो आवागमनले महामारी फैलाउन सक्ने बढाउँदै

एजेन्सी– चीनमा ८० प्रतिशत मानिसहरू कोभिड– १९ बाट संक्रमित भएका छन् । एक प्रमुख सरकारी वैज्ञानिकले माघ ७ गते त्यस्तो जनाकारी दिएका हुन् ।
चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठूलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो सामाजिक मिडिया प्लेटफर्ममा बताए छन् ।
उनका अनुसार लाखौं चिनियाँहरू छुट्टीको पुनर्मिलनका लागि देशभर यात्रा गरिरहेका छन्, विदेशबाट समेत उत्तिकै संख्यामा स्वदेश भित्रिरहेका छन् । जसले ठूलो प्रकोप व्यवस्थापन गर्न कम सुसज्जित ग्रामीण क्षेत्रहरूमा ताजा प्रकोपको त्रास बढाएको छ ।
चीनको सरकारी तथ्यांकअनुसार अनुसार चीनले अचानक आफ्नो शून्य कोभिड नीति खारेज गरेको झन्डै एक महिना दिन पछि जनवरी १२ सम्म कोभिड भएका करिब ६० हजार व्यक्तिको अस्पतालमा मृत्यु भएको सार्वजनिक भएको थियो ।

प्रकाशित मिति २०७९ माघ ८, आईतवार १७:५१ गते
हजुरको प्रतिक्रिया