
मुम्बई– हुन त भारतलाई पुरानै प्रजातान्त्रिक मुलुक मानिन्छ । तर त्यहाँ पनि त्यहाका प्रधानमन्त्री नरेन्द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ । बिबिसीको बनाइएको वृत्तचित्र प्रशारण गर्न रोक लगाएको रोयटर्सले माघ ८ गते जनाएको छ ।
भारतको सूचना तथा प्रविधिसम्बन्धी कानुनको आपतकालीन व्यवस्थालाई टेकेर मोदीबारे बनेको वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको सरकारका सल्लाहकार कञ्चन गुप्ताले बताएका छन् ।
उक्त वृत्तचित्रमा मोदी सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाइएको छ ।
वृत्तचित्र प्रदर्शनमा रोक लगाइएको कानुनमा आपतकालीन अवस्थामा सरकारले आवश्यक कदम चाल्न सक्ने उल्लेख छ ।
भारत सरकारले त्यस वित्त चित्रको लिंक समावेश गरी भएका ५० भन्दा बढी ट्वीट ब्लक गर्न पनि ट्वीटरलाई पत्राचार गरेको समेत समाचारमा उल्लेख छ ।
बिबिसीले गुजरात दंगामा आधारित रहेर वृत्तचित्र बनाएको छ । त्यस बखत भएको हिन्दु र मुस्लिमबीचको दंगामा एक हजार बढीले ज्यान गुमाएका थिए ।
मोदीले त्यस दंगा नियन्त्रणमा तत्कालीन मुख्यमन्त्रीको हैसियतले प्रभावकारी भुमिका निर्वाह नगरेको र उल्टै दंगा भड्काएको आरोप मोदी उपर छ । – एजेन्सी ।
प्रकाशित मिति २०७९ माघ ९, सोमबार ०६:४३ गते