भोर्लेटार खानेपानीमा पुनः शिवलाल

भोर्लेटार खानेपानीमा पुनः शिवलाल

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ ९ गते सोमबार ०७:१३

सो निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रका बीच चुनावी तालमेल चलेको थियो भने एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको बताइएको छ ।

अर्को प्यानल एमालेबाट सरोज पौडेल ७८ मत बढी ल्याएर एकजना मात्र सचिव पदमा विजयी. एमालेले राप्रपालाई साथ लिएर चुनावी मैदानमा उत्रिएको थियो ।

भोर्लेटार(लमजुङ)– भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा पुनः शिवलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । दोस्रो कार्यकालका लागि माघ ८ गते निर्वाचन भएको थियो ।
मध्यनेपाल नगरपालिका– ६ मा रहेको उक्त खानेपानी उपभोक्ता समितिको निर्वाचनबाट सचिव बाहेकका अन्य सबै पदमा शिवलाल श्रेष्ठको प्यानल विजयी भएको हो । १३५ मत अन्तरले श्रेष्ठ विजयी हुनुभएको हो । उहाँले ३६४ मत र उहाँका प्रतिस्पर्धी रामकृष्ण कुँवरले २२९ मत ल्याउनु भएको छ । यसैगरी, उपाध्यक्षमा ज्ञानराज मल्ल २०६ मतका साथ विजयी हुनुभएको छ भने सो पदका अर्का प्रत्यासी नरबहादुर दुराले २५७ मत पाउनु भएको छ ।
महिला उपाध्यक्षमा यशोदा पौडेलले ४०१ मत र उहाँका प्रतिद्वन्द्वी प्रमिला रानाभाटले १८३ मत पाउनु भएकोछ । पौडेलले पाएको सर्बाधिक अर्थात पपुलर मत हो । त्यस्तै, सचिव पदमा भने फरक प्यानलबाट सरोज पौडेल ७८ मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँले ३२९ मत र उहाँका प्रतिस्पर्धी गेहबहादुर विकले २५१ मत पाउनु भएको छ ।
यसैगरी, कोषाध्यक्षमा रमेश घिमिरेले २९५ मत ल्याई विजयी हुनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी कमबहादुर गुरुङ धिंगालले २८१ मत पाउनु भएको छ ।
उक्त निर्वाचनमा भएको खुल्ला सदस्यतर्फ विकासराज पौडेल निर्वाचित हुनुभएको छ । उहाँले ३७२ मत ल्याउनु भएको छ भने उहाँका प्रतिस्पर्धी बुद्धिबहादुर क्षेत्रीले २०२ मत ल्याउनु भएको छ । त्यस्तै, महिला सदस्यमा गीताकुमारी गुरुङले ३१८ मत पाई विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी रुपा नेपालीले २५९ मत पाउनु भएको निर्वाचन समितिले जनाएको छ ।
सो निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रका बीच चुनावी तालमेल चलेको थियो भने एमालेले राप्रपालाई साथ लिएर चुनावी मैदानमा उत्रिएको थियो ।
उक्त समितिको कार्यकाल तीन वर्षको हुनेछ । सो समिति अन्तरगत ८४० जना उपभोक्ता अवद्ध छन् भने मतदानमा ६१० जनाले भाग लिएका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आउँदो कार्यकालमा साविक भोर्लेटार गाविस भित्र रहेका उपभोक्ता समितिका बीचमा एकीकरण गर्ने, खानेपानी सेवालाई स्तरीय बनाउने बताउनु भएको छ ।
भोर्लेटार क्षेत्रमा रहेको यो समितिनै सबैभन्दा ठूलो र प्रभावकारी देखिदै आएको छ । त्यसले साविकका वडानं– ६ देखि ९ सम्मलाई सेवा दिएको छ । सो क्षेत्रमा अन्य स– साना पाँच उपभोक्ता समिति रहेका छन् ।

प्रकाशित मिति २०७९ माघ ९, सोमबार ०७:१३ गते
हजुरको प्रतिक्रिया