उदीपुर(लमजुङ)– डुम्रे– बेसीशहर सडक खण्डको उदीपुर वन क्षेत्रमा फेरि सुख्खा पहिरो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ । विगतका तीन दिनदेखि सो पहिलो चल्न थालेको माघ ९ गते मध्याह्नमा ठूलो पहिरो चलेपछि यतिबेला सडक अबरुद्ध भएको हो ।
बेसीशहर नगरपालिका– १ को उदीपुर बजारसँगै जोडिएको वनमा गत वर्षदेखि पहिरो जान थालेको हो । आज अपराह्न १ बजेदेखि सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार पहिरोसँगै रुखहरू समेत सडकमा खसेका छन् ।
सडकमा अलिअलि पहिरो खस्ने र पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वरिष्ठ सई विष्णु नेपालीले बताउनु भयो । उहाँका अनुसार अवरुद्ध सडक खुलाउने कार्य भइरहेको छ ।
उहाँले भन्नुभयो, ‘अबको एक डेढ घण्टामा सडक खुल्छ । त्यहाँ भोटेओडार र उदीपुरमै रहेको हाम्रो प्रहरी टोली परिचालन गरिउएको छ ।’
सो स्थानमा पहिलो जाने संकेत ३/४ वर्षअघिदेखि नै देखिएको छ । समयमै ध्यान नदिदाको सास्ती भएको भुक्तभोगीले बताएका छन् ।
फोटो सौजन्य : विराट न्यौपाने ।
प्रकाशित मिति २०७९ माघ ९, सोमबार १५:१९ गते