मीना चौलागाईं पाँच मुक्तक

मीना चौलागाईं पाँच मुक्तक

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ ९ गते सोमबार ०३:३९

मीना चौलागाईं पाँच मुक्तक

मुक्तककार मीना चौलागाइँ

१. कहिले बिच्छीजस्ताे कहिले सर्पझैँ जाग्थ्याै

तिमी के के न गर्ला भनेर बाेलाउँदा पनि भाग्थ्याै तिमी

अहिले पाे ह्याकुलाले मिचेर गाली पनि गर्ने गर्छु

पहिलाे पटक भेट हुँदा काे हाे काे हाे लाग्थ्याै तिमी ।

२.

हात समाती नदी जङ्घार तर्नु कसैसित

मिठा मिठा कुरा गर्दै मन भर्नु कसैसित

जीवनको भोगाइले यस्तै सिकायो मलाई

दिल जलाउने रहर भए प्रेम गर्नु कसैसित

३.

हजाराैँले खिचातानी गरे लाखाैँका राहदानी बने

मेरा सहयात्री काेही महाराजा काेही महारानी बने

म म नै थिएँ पहिले, म नै छु र म नै रहन्छु सायद

काेही बाफ बनेर उडे काेही जमे काेही पानी बने ।

४.

सुनभन्दा जून भन्याै जून भन्दा घाम भन्याै

अर्जुन र श्रीकृष्णमध्ये कुन भन्दा राम भन्याै

परिचित भएपनि अपरिचितझैं लाग्छाै तिमी

न बस्ने ठाम भन्याै न त आफ्नाे नाम भन्याै ।

५.

एकाग्रतामा थियाै कतै भङ्ग गर्‍यौ हाेला

सपना जस्तै छाँगाबाट छङ्ग झर्‍यौ हाेला

अनुभव त गर्न सक्छु देख्न नसके पनि

नसोचेकाे कुरा देख्दा दङ्ग पर्‍यौ हाेला ।

पाँचखाल, काभ्रे ।

प्रकाशित मिति २०७९ माघ ९, सोमबार १५:३९ गते
हजुरको प्रतिक्रिया