अन्ततः कांग्रेसलाई मिल्यो प्रमुख विपक्षी दलको मान्यता

अन्ततः कांग्रेसलाई मिल्यो प्रमुख विपक्षी दलको मान्यता

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ ९ गते सोमबार ०८:०५

प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिक बाहेक विशेष भत्ता, बैठकभत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधाबापत मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धन सुविधा, मोबिल, बिजुली, धारा खर्च, दैनिक भ्रमणभत्ता, यात्रा बिमा लगायत सुविधा प्राप्त हुन्छ ।
त्यस बाहेक विपक्षी दलको नेताले पाउने सुविधामा स्वकीय सचिव, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारीचालक दुई–दुईजना, सैनिक प्रहरी जवान सिपाही १० जना, बिल्लादार गार्ड र अंगरक्षक एक– एकजना दिइन्छ । अतिथि सत्कार खर्च, कार्यालयमा कम्प्युटर सहितका सामग्री, दुईवटा साइकल सुविधा पनि विपक्षी दलको नेताले प्राप्त गर्ने कानुनी व्यवस्था छ ।

नेपाल मजदुर किसान पार्टीले समेत प्रमुख विपक्षी दलको मान्यता माग

काठमाडौं– संघीय संसद् सचिवालयमा काँग्रेसले गरेको अनुनय पछि अन्ततः उसलाई प्रमुख विपक्षी दलको मान्यता दिइएको छ । संघीय संसद् सचिवालयले सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेख्दै सो जानकारी माघ ९ गते दिएको हो ।
सचिवालयले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतले कानुन अनुसार सेवासुविधा प्राप्त हुने पत्रमार्फत जनाएको छ । कांग्रेसले यसअघि विपक्षी दलको मान्यता र सुविधा उपलब्ध गराउन संघीय संसद् सचिवालयमा निवेदन दिएको थियो । कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि विपक्षी दल को ? भन्ने भन्नेबारे भारी प्रश्न उठ्दै आएको थियो ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आफूलाई विपक्षी दलको मान्यता दिन संसद् सचिवालय र सभामुखलाई निवेदन दिएको थियो । सोसँगै त्यो बहस थप सतहमा आएको थियो ।
सरकारलाई विश्वासको मत दिएर कांग्रेस सत्तापक्षको कित्तामा उभिएको र विपक्षी हैसियत गुमाएको दाबी नेमकिपाको छ । ‘ऐन अनुसार सरकारलाई समर्थन नगर्ने दलहरूमध्ये सबैभन्दा ठूलो दल नेपाल मजदुर किसान पार्टी हो । सभामुख महोदय ! नेपाल मजदुर किसान पार्टीलाई प्रमुख विपक्षी दल तोकिदिनुस्,’ नेमकिपाका सांसद प्रेम सुवालले माघ ७ गतेको संसद् बैठकमा समेत उल्लेख गर्नु भएको थियो ।
प्रतिनिधिसभा वा राष्ट्रियसभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दलमध्ये सबभन्दा बढी सदस्य भएको दल विपक्षी छैन । १० प्रतिशत सदस्य भएको दल नभएमा सभामुखले मन्त्रिपरिषद् गठनमा समर्थन नगर्ने दलमध्ये कुनै दललाई प्रमुख विपक्षी दल तोक्ने सुवालको दाबी रहेको छ ।
एक साताअघि संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर सेवा–सुविधाको जानकारीका लागि पत्र पठाइएको कांग्रेस संसदीय दलका सहसचिव होमनाथ पहाडीले बताउनु भयो ।
संसद् सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई जवाफ पठाइसकेको प्रतिनिधिसभाका सचिव गोपालथान योगीले बताउनु भयो ।
सो सम्बन्धमा सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमा दलको कार्यालयको पत्र संख्या २०७९÷८० चलानी नम्बर ४५ मिति २०७९ पुस २९ गतेको पत्रवाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय शेरबहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू अनुसूची– १ तथा अनुसूची– २ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ ।’
उता संविधानविद् भीमार्जुन आचार्यले संवैधानिक मान्यताविपरीत कांग्रेस बलजफ्ती प्रतिपक्षी बेञ्चमा बसिररहेको बताउनु भएको छ । उहाँका अनुसार सभामुखले साना दल भए पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिएका दललाई नै विपक्षी दल तोक्नु ठीक हुने थियो ।
प्रमुख विपक्षी दलको नेतालाई पारिश्रमिक बाहेक विशेष भत्ता, बैठकभत्ता, सञ्चार सुविधा अन्तर्गत टेलिफोन, इन्टरनेट र पत्रपत्रिकाका लागि मासिक रकम, आवास सुविधाबापत मासिक २५ हजार ६०८, फर्निचर खर्च, निजी सचिवालय बन्दोबस्त खर्च, गार्डघर, सवारीका लागि इन्धन सुविधा, मोबिल, बिजुली, धारा खर्च, दैनिक भ्रमणभत्ता, यात्रा बिमा लगायत सुविधा प्राप्त हुन्छ ।
त्यस बाहेक विपक्षी दलको नेताले पाउने सुविधामा स्वकीय सचिव, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारीचालक दुई–दुईजना, सैनिक प्रहरी जवान सिपाही १० जना, बिल्लादार गार्ड र अंगरक्षक एक– एकजना दिइन्छ । अतिथि सत्कार खर्च, कार्यालयमा कम्प्युटर सहितका सामग्री, दुईवटा साइकल सुविधा पनि विपक्षी दलको नेताले प्राप्त गर्ने कानुनी व्यवस्था छ ।
संघीय संसदमा नेपाली कांग्रेसका ८९ सांसदहरू रहेका छन् ।

प्रकाशित मिति २०७९ माघ ९, सोमबार २०:०५ गते
हजुरको प्रतिक्रिया