प्रहरीको असहयोगी नियतले अपहरणकारीबाट दुई युवा मारिएको पीडितहरू दावी, गृहमन्त्रीको राजीनामा माग

प्रहरीको असहयोगी नियतले अपहरणकारीबाट दुई युवा मारिएको पीडितहरू दावी, गृहमन्त्रीको राजीनामा माग

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १० गते मङ्गलबार ०६:१७

भारतको सितामढीमा रहेका आफन्तको घरमा जाँदा त्यहीबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका थिए । दुबैजनाको परिवारलाई अपरहरणकारीले गत माघ २ गतेसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

पीडित परिवारद्वारा गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम– ‘सत्य सेवा सुरक्षणम्’को मुलमन्त्र लिएको प्रहरीको असहयोगी नियतकै कारणले जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको छ । सो घट्ना सार्वजनिक भएपछि मृतकका परिवारजन आन्दोलनमा उत्रिदै गृहमन्त्री रबि लामिछानेको राजीनामा माग माघ ९ गते गरेका छन् ।
मृतकका परिवारजन र स्थानीयबासीले जनकपुरधामका युवाद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । उनीहरूले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै जनकपुरधाम– ९ पिडारी चोकमा प्रदर्शनका साथ केही घण्टासम्म सडकमा चक्काजाम गरे ।
भारतको सितामढीमा रहेका आफन्तको घरमा जाँदा त्यहीबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका थिए । दुबैजनाको परिवारलाई अपरहरणकारीले गत माघ २ गतेसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।
विष्णु र रोहितको अपहरणपछि प्रहरीले खोजतलासमा सहयोग नगरेको परिवारजनको दावी छ । पीडित परिवारजनले आफूहरूले अपहरणकारीको फोन आउना साथ कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरे पनि अहिले प्रहरीले झुठो बोलेर घटनालाई मोड्न थालेको दावी गरेका छन् । आन्दोलनकारीहरू भन्छन् ‘प्रहरीले घटनाको अनुसन्धान समयमै गरेको भए दुबैजनाको ज्यान जोगिने सम्भावना थियो ।’
गृहमन्त्री रवि लामिछानेको राजीनामा माग
उनीहरूले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको भन्दै गृहमन्त्री रवि लामिछानेको राजीनामाको समेत माग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका– ८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नं.– १३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या गरिएको अवस्थामा माघ ८ गते बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो ।
अपहरणकारीले विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो । तर, माघ ३ गतेदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।
यता, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको बताउनु हुन्छ । उहाँका अनुसार घटनापश्चात प्रहरीले अहिलेसम्म आशंकाको घेरामा रहेका ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको नाम अहिले गोप्य राखिएको छ ।

प्रकाशित मिति २०७९ माघ १०, मंगलवार ०६:१७ गते

हजुरको प्रतिक्रिया