वडाध्यक्ष अधिकारीले विवेक गुमाए पछिको सास्ती पाएको चार भाइको गुनासो

वडाध्यक्ष अधिकारीले विवेक गुमाए पछिको सास्ती पाएको चार भाइको गुनासो

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १२ गते बिहिबार १२:३४

वडाको सिफरिस गर्दा सुन्दरबजार नगरपालिका– ४ वडा कार्यलयवाट १५ बर्ष अगाडिदेखि लगातार माइलो लवहरिसँग आमा बसेको भनि गत पुस २२ गतेको वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले चनं ४९९ बाट गलत सिफारिस भएको पाइयो । सोही सिफारिसका आधारमा बुहारी गीता न्यौपानेका नाउँमा वकस पास गरिएको रहेछ । जबकी आमा लबहरिको साथमा २०७१ मंसिरबाट मात्र बस्न थाल्नु भएको हो । हामीहरू चारै भाइसमेत सँगै यही छौं, त्यस्तो सिफारिसको कार्य गर्दा वडाध्यक्ष अधिकारीबाट हामी कसैलाई पनि सोध्ने, राय लिने कामसम्म भएको नपाईदा उहाँले विवेक गुमाएर सो सिफरिस गर्नु भएको प्रष्टै देखिन आएको छ ।

सुन्दरबजार नगरपालिकाको न्यायिक समितिले उजुरी नलिएको दावी

सुन्दरबजार(लमजुङ)– सुन्दरबजार नगरपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले विवेक गुमाए पछि आफूहरू चार भाइले सास्ती पाएको गुनासो सोही वडानिवासी कुशहरी न्यौपानेका चारजना दाजुभाइले माघ १२ गते गर्नु भएको छ ।
कुशहरीका अनुसार उहाँहरूका पाँच दाजुभाइमा जेठो हरिप्रसाद, माहिलो लवहरि, साइलो आफै, काइलो लक्ष्मीकान्त र कान्छो प्रकाश रहेका छौं । हामी सबै यसैवडाको धारापानीबाट २०३७ सालमा साही वडाको पुरानाडिहीमा बसाइँ सरी आएका हौं । त्यो बेलामा ठूली आमा(आमाको दिदी) विष्णुमाया अधिकारीले समाजका भद्रभलाद्मीसँग राय सल्लाह गरी हामीलाई हाल वसिरहेको ठाउँ ल्याई एकाघरमा रही वसी आएका थियौं । त्यतिवेला भन्दा अगाडि नै आमाको नाउँमा केही जमिन थियो । हाम्रो बुबा इन्द्रविलास न्यौपानेको २०३३ सालमा नै निधन भएको हो । धारापानीबाट पुरानडिहीमा आई बसोबास गर्दा खरिद गरेको जग्गा किन्दा दाजु हरिप्रसाद न्यौपानेको नाउँमा खरिद भई २०४० सालको नापीमा जग्गा नापी गर्दा ठूलीआमाका बाबु मेघनाथ कोइरालाबाट आएको जग्गा ५– ९– ३– २ क्षेत्रफल भएको ठूलीआमाको नाउँमा नै राखिएको थियो ।
२०५२÷५३ साल माइला लवहरी न्यौपाने एक्लै छुट्टी भिन्न हुने मनसाय व्यक्त गरी छुट्टिएर बस्न थाले । हामी अन्य ४ भाइ २०६० सालमा अलाग भिन्न भइ अंशवण्डा गर्ने क्रममा हाल मध्यपहाडी लोकमार्गमा परेको आमा र ठूलीआमाको नाउँको जग्गा पछि ५ भाग लाग्ने भनी ठूलीआमाको नाउँको जग्गा आमालाई शेष पछिको वकस दिइ दिई बसेको थियौं । २०५३ सालदेखि ४ भाइसँगै बसिरहनु भएका दुवै आमा २०६० सालपछि मूल घरमा कान्छो भाइ प्रकाशको हुने गरी चारै भाइको संयुक्त रेखदेखमा रहँदै आउनु भएको हो । २०७१ सालमा आमाहरूलाई १ भाइसँग वस्न अनुरोध गर्दा वाटो सुविधा भएकोले हाललाई माइलो लबहरिसँग वस्न दाजुले प्रस्ताव गर्नु भयो । सोही सल्लाह अनुसार २०७१ मंसिर पछि आमाहरू लवहरिसँग वस्नु भएको हो । त्यसै समयदेखि आमाहरूको जग्गा खेतीपाति पनि माइलाले नै भोगचलन गरी आएका छन् ।
आमा खेतुमायाले अन्तिम क्षणसम्म पनि भारत सरकारको पेन्सन पाउने÷लिने गरिआउनु भएको हुँदा आमालाई पालनपोषण गर्नको लागि थप सहयोग गर्नु पर्ने स्थिति छैन । हामी ५ भाइ र २ आमाका बीचमा भद्र सहमति थियो । आमाहरू बस्न थालेपछि खासगरी अझै लबहरिकी ठूली छोरी विनम्रताले जागिर खान मालापोत कार्यालयमा प्रवेश गरिन् । त्यसपछि प्रचलित कानुनलाई मात्र आधार बनाई उनले हामी ५ भाइ बीचको भद्र सहमति र सदभावमा खिचालो खडा गरी ठूली आमाको नामको जग्गा आमालाई सेवा बकस रहेको जग्गा वकस वदरगरी आफ्नो आमा गीता न्यौपानेको नाउँमा वकस लिन तानाबान बुल्न थालिछन् । त्यसै क्रममा हामीहरूलाई त्यसको कुनै सूचना नदिई ठूलीआमालाई लिएर गत कार्तिक १४ गतेका दिन मालपोल गएका र मालपोत बाहिरनै हस्ताक्षर गर्न खोज्दा ठूलीआमाको अचेत अवस्थामा पुग्नु भएछ । उहाँको सहीछाप लागाउन भन्दा आगाडि अस्पताल लादा अस्पतालले उहाँलाई मृत भनिदिएको रहेछ । ठूलीआमाको निधनपछि उक्त जग्गा ठूली आमाको नाममा नै रहेको हो ।
ठूलीआमाको काजकृया माइलाको घरमै संयुक्त रुपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । त्यसपछि पुनः एक्लै सो जग्गा लिनका लागि लवहरिले केही प्रक्रिया चलाउने प्रयास गर्दा असफल भएछन् । त्यसपछि आमा खेतुमायालाई ललाइफकाइ आमाको नाउँको जग्गा एक्लै पास गर्न कहिले रजिष्टेशन र कहिले वकस भनि धेरै पटक प्रयास गरेको पाइन्छ । त्यसरी एकजनाबाट अन्यको नाममा जग्गा नाम सारी गर्दा वडाको सिफारिस आवश्यक पर्ने हुन्छ । सो सिफरिसका लागि सुन्दरबजार नगरपालिका– ४ वडा कार्यलयवाट १५ बर्ष अगाडिदेखि लगातार माइलो लवहरिसँग आमा बसेको भनि गत पुस २२ गतेको वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले चनं ४९९ बाट गलत सिफारिस भएको पाइयो । सोही सिफारिसका आधारमा बुहारी गीता न्यौपानेका नाउँमा वकस पास गरिएको रहेछ । जबकी आमा लबहरिको साथमा २०७१ मंसिरबाट मात्र बस्न थाल्नु भएको हो । हामीहरू चारै भाइसमेत सँगै यही छौं, त्यस्तो सिफारिसको कार्य गर्दा वडाध्यक्ष अधिकारीबाट हामी कसैलाई पनि सोध्ने, राय लिने कामसम्म भएको नपाईदा उहाँले विवेक गुमाएर सो सिफरिस गर्नु भएको प्रष्टै देखिन आएको छ ।
वडाध्यक्ष अधिकारीले आफ्नो अधिकार क्षेत्रको समेत ख्याल नगरी फेरि पनि नापी कार्यालयलाई कित्ता काँट गर्ने सम्मको सिफासिर गत पुस २० गतेका दिन चनं ४९५ को पत्रबाट गरिएको अविवेकपूर्ण कार्य भएको पायौं । वडाध्यक्ष अधिकारीको यस कार्यले हामी ५ भाइ बीचको सद्भावलाई विथोलेर केवल जग्गा प्राप्त गर्ने गर्ने÷गराउने मनसायको काम गरी बिना आधार झुटो सिफारिस गराएको हो । त्यसैले सो कार्य गर्ने सुन्दरबजार नगरपालिका–.४ का वडाध्यक्ष अधिकारी र जागिरको दम्भमा यस कार्यमा उत्साहट गरी सहयोग गर्ने विनम्रता न्यौपाने सहितलाई प्रचलित कानुन अनुसार हदैसम्मको कारवाही गनुर्् पर्ने देखिएको छ । यस प्रकार गत पुस २४ गते गरिएको हालैको वकस वदर गर्नका लागि अदालत धाउनु पर्ने बाध्यता सिर्जिएको छ एकातिर भने अर्कोतिर वडाध्यक्षसमेतको मिलेमतोमा सो कार्य गरिएको देखिदा उहाँसहित सबैलाई जालसाजीको मुद्दा हाल्न हामी दाजु हरिप्रसाद, म र भाइहरू लक्ष्मीकान्त र प्रकाश बाध्य भएको उहाँले बताउनु भएको छ ।

प्रकाशित मिति २०७९ माघ १२, बिहीबार १२:३४ गते
हजुरको प्रतिक्रिया