
हङकङ– लमजुङ सेवा समिति हङकङको अध्यक्षमा श्यामकुमार गुरुङ चयन हुनुभएको छ । समितिको १२ औ अधिवेशनबाट अध्यक्षमा श्यामकुमार गुरुङ सहित नयाँ कार्यसमिति माघ ११ गते निर्वाचित भएको हो ।
सेवा समितिका अध्यक्ष सरोज गुरुङको अध्यक्षता र संस्थाका भूपूअध्यक्ष गोपीराम घलेको प्रमुख अतिथ्यतामा भएको अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित अध्यक्ष गुरुङ ममर्स्याङदी गाउँपालिका– १ नायुँ गाउँमा स्थायी बसोबास रहेको छ । उहाँ लामो समयदेखि परिवार सहित हङकङमा वस्दै आउनुभएको छ । १९ सदस्यीय समितिको उपाध्यक्षमा जगतप्रसाद गुरुङ, सचिव ओमप्रसाद गुरुङ, सहसचिव दिनेश गुरुङ, कोषाध्यक्ष मिनबहादुर गुरुङ, सहकोषाध्यक्ष पञ्चमान गुरुङ र प्रवक्तामा भिमबहादुर गुरुङ चयन हुनुभएको छ । समितिको सदस्यहरूमा सन्तोष गुरुङ, वुद्धिप्रसाद गुरुङ, बेलबहादुर गुरुङ, गमन घले, अनिल गुरुङ, माया गुरुङ, मेनुका गुरुङ, ओमकला गुरुङ, देवु गुरुङ, पुष्पादेवी गुरुङ, रेवती गुरुङ र चाँदनी गुरुङ चयन हुनुभएको छ ।
रोजगारको क्रममा हङकङमा रहनुभएका लमजुङेहरूको साझा संस्था लमजुङ सेवा समिति हङकङको स्थापना गरिएको हो । हङकङमा रहेर जिल्लामा सामाजिक सेवाका कार्यमा क्रियाशील रहने उद्देश्यका साथ लमजुङ सेवा समिति हङकङले २०७१ सालमा लमजुङमा सम्र्पक समिति स्थापना गरिएको हो ।
सो अवसरमा तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मानबहादुर गुरुङ, संस्थाका भूपू अध्यक्षहरू सत्य गुरुङ, विजय गुरुङ, सुरेशकुमार गुरुङ, समितिका सदस्यहरूको सहभागिता थियो ।
समितिले तत्कालिन समयमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर संकलन गरेको १५ लाख रकमबाट अक्षयकोष स्थापना गरेको थियो । हाल अक्षयकोष रकम ४४ लाख पुगेको समितिजे जनाएको छ । सो कोषको व्याजबाट जिल्लास्थती सम्पर्क समिति माफर्त विपदमा परेका तथा विपन्न वर्गलाई स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका गतिविविधमा सहयोग गर्दै आएको छ ।
सेवा समितिले २०७२ वैशाख १२ को भूकम्प पिडितहरूको लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत ८ लाख, जिल्ला खेलकुद विकास समितिलाई सहजी खेल मैदान निर्माण गर्नको लागि ८ लाख सहयोग गरिसकेको छ । त्यसैगरी आर्दश महिला तथा वालविकास केन्द्र, पाउँदीस्थित जेष्ठ नागरिक आश्रमलाई समेत सहयोग गरेको छ ।
कोभिडको कारण विगत २०१९ यता हङकङमा कुनै पनि कार्यक्रमहरू गर्न बन्देज रहेको स्थिति छ । त्यसैले अक्षयकोषको रकम वृद्धी गर्न नसकिएको निर्वमान अध्यक्ष सरोज गुरुङले बताउनुभयो । नयाँ समितिले नयाँ योजनाका साथ विवि सांस्कृतिक तथा अन्य कार्यक्रम सञ्चालन गरी अक्षयकोष रकम एक करोड पुर्याउने लक्ष्य लिएको निवर्तमान अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
प्रकाशित मिति २०७९ माघ १३, शुक्रबार ०७:३९ गते