प्रहरीका नाउँमा सात लाख बढी ठगी गर्ने नक्कली प्रहरी पक्राउ

प्रहरीका नाउँमा सात लाख बढी ठगी गर्ने नक्कली प्रहरी पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १३ गते शुक्रबार ०९:३६

जीवन गुरुङले विभिन्न महिलाहरूबाट नगद सात लाख १७ हजार पाच सय रकम लिई एकाएक सम्पर्क बिहिन भई फरार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार जीवनले सदरमुकाम बेसीशहरमा डेरा कोठा गरी आफू प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिलाई विस्वास दिलाई, झुक्यानमा पारी जिल्ला प्रशाशन कार्यालय, जिल्ला हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको पाइएको छ ।

अन्तरङ्गलाई प्रहरीले ढिला गरी जानकारी दिए अनुसार पोखराबाट पक्राउ गरी उनलाई माघ १० गते बेसीशहर ल्याएको हो

बेसीशहर– ढिलागरी अन्तरङ्गलाई प्राप्त समाचार अनुसार लमजुङमा प्रहरीका नाउँमा सात लाख बढी रकम ठगी गर्ने एक नक्कली प्रहरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको बिशेष टोलीले पोखराबाट उनलाई पक्राउ गरी बेसीशहर ल्याएको माघ १३ गते प्रहरीले जनाकारी दिएको हो ।
पक्राउ पर्ने व्यक्ति लमजुङको मस्र्याङदी गाउपालिका– १ घनपोखरामा स्थायी बसोबास भएका ३५ वर्षीय जीवन गुरुङ भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनलाई माघ १० गते जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको बिशेष प्रहरी टोलीले पोखरामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी बेसीशहरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार गुरुङलाई माघ ११ गते सम्मानित लमजुङ जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा दिन ५ को म्याद लिई थप अनुसन्धान कार्य अघि बढाइएको छ ।
जीवन गुरुङले विभिन्न महिलाहरूबाट नगद सात लाख १७ हजार पाच सय रकम लिई एकाएक सम्पर्क बिहिन भई फरार भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदिश रेग्मीले बताउनु भयो । उहाँका अनुसार जीवनले सदरमुकाम बेसीशहरमा डेरा कोठा गरी आफू प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिलाई विस्वास दिलाई, झुक्यानमा पारी जिल्ला प्रशाशन कार्यालय, जिल्ला हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको पाइएको छ । उनले भने, ‘प्रहरीमा भएका विभिन्न मुद्दाहरू मिलाई दिन्छु भनी जीवन गुरुङले हालसम्म सात लाख १७ हजार पाच सय रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।’
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– २१ अन्तर्गत यसरी ठगी गर्ने व्यक्तिलाई सात बर्षसम्म कैद र सत्तरी हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको कानुन व्यवसायीले बताएका छन् ।

प्रकाशित मिति २०७९ माघ १३, शुक्रबार २१:३६ गते
हजुरको प्रतिक्रिया