पार्टीमा यस्तो अवस्था आउन सक्ने रविको थियो आंकलन !

पार्टीमा यस्तो अवस्था आउन सक्ने रविको थियो आंकलन !

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १४ गते शनिवार ०८:५४

पार्टीको अकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले बताउनु भयो । उहाँका अनुसार बैठकमा कानूनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको छ ।

पार्टीभित्र राजनीतिक संकट उत्पन्न हुने भय : पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेको सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेसँगै उहाँका सबै पद गुमेका छन् । चर उपप्रधान तथा गृहमन्त्री समेत हुुन भएका उहाँलाई पार्टीमा यस्तो अवस्था आउन सक्ने रविको थियो आंकलन थियो भन्ने सो पार्टीं पंक्तिले उक्त फैसला आएपछि माघ १३ गते खुलासा गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि स्वयमले यसअघिका बैठकमा आफ्नो पद जान सक्छ भन्दै कसरी अघि बढ्ने रणनीति बनाउन सहकर्मीहरूलाई निर्देशन दिएको र त्यस्तो तयारी गरिएको सो दलका एक नेताले बताएका छन् ।
ती नेता भन्छन्, ‘उहाँले हामीलाई आजको अवस्था आउनसक्छ भनेर पार्टी बैठकमा भनि सक्नुभएको थियो । हामी पचास पचास प्रतिशतको अवस्थामा थियौं ।’
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको भन्दै नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नहुँदासम्म उनलाई नेपाली नागरिक मान्न नसकिने फैसला गरेपछि पार्टीभित्र राजनीतिक संकट छाएको हो ।
अमेरिकी नागरिक भएका लामिछाने २०७० सालमा भिषा लिएर नेपाल आउनु भएका उहाँले अमेरिकी नागरिकता भने ०७५ साल असार ६ गते मात्र परित्याग गरेको तर नेपालको नागरिकता प्राप्तिका लागि प्रक्रिया अघि नबढाएको खुलासा भएको छ ।
पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्र्दै आज माघ १४ गतेदेखि तय भएका प्रदेशस्तरीय बैठक तथा संगठन विस्तारका कार्यक्रम स्थगित गरिएको बताउनु भएको छ ।
उहाँले शुभचिन्तहरूलाई संयमित भएर प्रस्तुत हुन पनि सो विज्ञप्तिमा आग्रह गर्नु भएको छ ।
विज्ञप्तिमा विशेषकारणवश कार्यक्रम स्थगित गर्नुपरेको भनिएको छ । तर पार्टी सभापति रवि लामिछानको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएका आंकलन छ ।
पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद :
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन हुनु भएको छ । सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी माघ १३ गते दिने निर्णय गरेको हो ।
बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले बताउनु भयो । उहाँका अनुसार बैठकमा कानूनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको छ ।
सो दलबाट समानुपातिकतर्फबाट सांसद ह्ुनु भएका अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत हुनुहुन्छ ।

प्रकाशित मिति २०७९ माघ १४, शनिबार ०८:५४ गते
हजुरको प्रतिक्रिया