काठमाडौं– यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक माघ १४ गते गरेसँगै सो खुलासा भएको हो ।
एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार परीक्षा तालिका सार्वजनिक गरेको जनाएको छ ।
यो वर्ष नियमित र ग्रेडवृद्धि परीक्षा एकै साथ हुने भएको हो ।
पहिलो दिन चैत १७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने भएको छ । अंग्रेजी विषयको परीक्षा सो दिन बिहान ८ देखि ११ बजेसम्म हुनेछ ।
यसैगरी, चैत १७ गते शुक्रबार पहिलो दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने भएको छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने तालिकामा उल्लेख छ ।
प्रकाशित मिति २०७९ माघ १४, शनिबार ०९:०८ गते