रास्वपाका संस्थापक सभापति रवि पुनः सभापति चयन

रास्वपाका संस्थापक सभापति रवि पुनः सभापति चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १५ गते आईतबार ०५:३१

स्मरणीय छ, सर्वोच्चको आदेशले नागरिकताका कारण दुई दिन अघि सरकार र पार्टी दुवैतिर पद गुमाउनु भएका लामिछानेले आजै काठमाडौं प्रशासनबाट नागरिकता पुनः प्राप्ति गर्नुभएको छ । त्योसँगै उहाँको पार्टी सभापति पद फर्किएको छ । तर उपप्रधान र गृहमन्त्रीको पद फर्किन भने किनै कसरत गर्नु पर्ने स्थिति उत्पन्न भएको स्रोतले बताएको छ ।

गृह नपाएमा सरकारबाट बाहिरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सो दलका संस्थापक सभापतिमा रवि लामिछानेलाई पुनः सभापतिमा चयन गरेको छ । रबिले नेपाली नगरिकता लिनु भएसँगै उहालाई सभापतिमा माघ १५ गते पुनः चयन गरेको हो ।
पार्टीका सभापति रबिलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी गरेको रास्वपाका एक नेताले बताउनु भयो । उनका अनुसार यदि गृह मन्त्रालय नपाएमा आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारीमा रहेको छ । उनी भन्छन्, ‘गृह मन्त्रालय हाम्रो बटमलाइन हो । त्यसमा तलमाथि हुन्छ भन्ने नठान्दा हुन्छ ।’

माओवादीको गृहमन्त्रालय आफैसँग राख्न चाहना

तर प्रधानमन्त्री भने तत्काल रबिलाई गृहमन्त्री दिने पक्षमा नभएको उहाँ निकट स्रोतले बताएको । माओवादी गृहमन्त्रालय आफैसँग राख्न चाहन्छ । ‘अझ राहदानीका विषय पनि उठेको भन्दै प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय हाललाई आफैसँग राख्ने मनस्थितिमा रहनु भएको छ ।’ उहाँ निकट स्रोतले भन्यो ।
यता, एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेमाथिको मुद्दा सामान्य र नियमित प्रकृतिको भएको भन्दै नेपालको राजनीतिक समीकरणमा फेरबदल ल्याउनका लागि यसलाई प्रयोग गर्न खोजिएको आरोप लगाए । अदालतको फैसलामाथि प्रश्न उठाउँदै पोखरेलले पीआर र ग्रीनकार्ड त्यागेर नेपाल आउने नागरिकलाई फेरि नागरिकता लिने अर्को व्यवस्था नभएको दाबी गर्दै उहाँले रविको बचाउ गनु भएको थियो ।
बिर्सन नहुने पक्ष के छ भने रविका विरुद्ध हालिएको नागरिकताको मुद्दा भने वर्तमान सत्ता गठबन्धन बने पछिको होइन ।
स्मरणीय छ, सर्वोच्चको आदेशले नागरिकताका कारण दुई दिन अघि सरकार र पार्टी दुवैतिर पद गुमाउनु भएका लामिछानेले आजै काठमाडौं प्रशासनबाट नागरिकता पुनः प्राप्ति गर्नुभएको छ । त्योसँगै उहाँको पार्टी सभापति पद फर्किएको छ । तर उपप्रधान र गृहमन्त्रीको पद फर्किन भने किनै कसरत गर्नु पर्ने स्थिति उत्पन्न भएको स्रोतले बताएको छ ।

प्रकाशित मिति २०७९ माघ १५, आईतवार १७:३१ गते
हजुरको प्रतिक्रिया