अर्का एक युवकले गरे आत्मदाहको प्रयास !

अर्का एक युवकले गरे आत्मदाहको प्रयास !

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १५ गते आईतबार ०६:००

‘महिलाको शरीरको ८५ प्रतिशत भाग जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले बताउनु भयो । उहाँका अनुसार पुरूषको शरीर भने २५ प्रतिशतमात्र जलेका छन्, उनको इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।

पोखरा– १३ काँहुखोला भाडामा बसेर स्टेशनरी पसल चलाउथे

पोखरा– एक अर्का युवाले यहाँ पनि आत्मदाहको प्रयास यहाँ माघ १५ गते गरेका छन् । पोखरा– १३ काँहुखोला भाडामा बसेर स्टेशनरी पसल चलाउँदै आएका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले आज बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका हुन ।
काठमाडौंको नयाँ वानेश्वरस्थित संसद भवन अगाडि एक युवाले आत्मदाह गरेको घटना सेलाउन नपाउँदै उनले शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उक्त घटना थाहा पाउने वित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी सो क्रममा ती महिला पनि घाइते भएको प्रहरीले जनाएको छ ।
ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरी इन्सपेक्टर सुवास तिमल्सिनाले बताउनु भयो । उहाँका अनुसार आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
उहाँले भन्नुभयो, ‘घाइते दुवै जनालाई उपचार गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका छौं, घटनाको कारण खुली सकेको छैन, हामी अनुसन्धान गर्दैै छौं ।’
यसैबीच, पछिल्लो समाचार अनुसार पोखरामा जलेका दुई जनामध्ये पुरुषको अवस्था सुधारोन्मुख रहेको र आगो निभाउन गएकी महिलाको अवस्था गम्भीर रहेको प्रहरी भनाई छ । प्रहरीका अनुसार पोखरा महानगरपालिका– १३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेका हुन् ।
‘महिलाको शरीरको ८५ प्रतिशत भाग जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले बताउनु भयो । उहाँका अनुसार पुरूषको शरीर भने २५ प्रतिशतमात्र जलेका छन्, उनको इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।
उनीहरू दुवैको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घट्नाको कारण खुल्न सकेको छैन । घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन् ।
घट्नापछि कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालम बसेर विराभीको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

प्रकाशित मिति २०७९ माघ १५, आईतवार १८:०० गते
हजुरको प्रतिक्रिया