आरसिडिसिद्वारा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई ४ लाखका सहायता सामग्री सहयोग

आरसिडिसिद्वारा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई ४ लाखका सहायता सामग्री सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १५ गते आईतबार ०९:३२

सहयोग सामग्री मध्ये २ लाख ५० हजार ६ सय रुपैया वरावरको विद्युतीय सामग्री, १ लाख ३९ हजार २ सय १० रुपैया वरावरको हार्डवेयर सामग्री र १५ हजार ४ सय ५० रुपैया वरावरको मेडिकल सामग्री रहेका छन् ।

विभिन्न ५६ प्रकारका समग्री हस्तान्तरण

बेसीशहर– ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी लमजुङ)ले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई विपद्को समयमा उपयोगी सामग्री सहयोग गरेको छ । आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिहं अर्याललाई सहयोग सामग्री माघ १५ गते हस्तान्तरण गर्नुभएको हो ।
आरसिडिसीले सि.आर.एस नेपालको साझेदारीमा लमजुङ पुर्नलाभ परियोजना अन्तरगत आपत्कालीन कार्य सञ्चालन केन्द्र बेसीशहर नगरपालिकालाई ४ लाख ५ हजार २ सय ६० रुपैया बरावरको विभिन्न सामग्री सहयोग गरेको आरसिडिसिका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले वताउनुभयो । उहाँका अनुसार पुनर्लाभ परियोजना सञ्चालन भएका स्थानीय तहमा विपद् व्यवस्थापन क्षेत्रमा सहयोग गर्ने कार्यक्रम अनुसार बेसीशहर नगरपालिका आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई विभिन्न ५६ प्रकारका समग्री हस्तान्तरण गरिएको हो ।
संस्थाले जि.पि.ए मेसिन, टेलिभिजन, कम्प्युटर, ग्लोब्स, गैची, जाबेल, हम्मर, त्रिपाल, स्ट्रेचर, डोरी लगायतका सामग्री हस्तान्तरण गरेको जनाएको छ । विपद्को समयमा उद्धार तथा व्यवस्थापनमा आवश्यक सामग्रीहरूको छुट्टाछुट्टै तीन सेट बनाएर स्थानीय तह आपत्कालीन केन्द्रलाई प्रदान गरिएको आरसिडिसीका अध्यक्ष बोहराले वताउनुभयो । उहाँका अनुसार सहयोग सामग्री मध्ये २ लाख ५० हजार ६ सय रुपैया वरावरको विद्युतीय सामग्री, १ लाख ३९ हजार २ सय १० रुपैया वरावरको हार्डवेयर सामग्री र १५ हजार ४ सय ५० रुपैया वरावरको मेडिकल सामग्री रहेका छन् ।
आरसिडिसीले सि.आर.एस. नेपालको साझेदारीमा जिल्लाका चार स्थानीय तह बेसीशहर नगरपालिका, सुन्दरवजार नगरपालिका, मर्स्याङदी र दोर्दी गाउँपालिकामा लमजुङ पुर्नलाभ परियोजना सञ्चालन गरेको छ । परियोजना अन्र्तगत चार वटै स्थानीय तहलाई विपद् व्यवस्थापन सम्वन्धि सामग्री हस्तान्तरण गरिने आरसिडिसिका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७९ माघ १५, आईतवार २१:३२ गते
हजुरको प्रतिक्रिया