५२ विद्यार्थीलाई न्यानो ट्याक वितरण

५२ विद्यार्थीलाई न्यानो ट्याक वितरण

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १६ गते सोमबार १०:००

बालबालिकाका लागि उक्त ट्याकको प्रवन्ध सोही नगरपालिका– ३ को टिमुरेमा स्थायी बसोबास भई हाल काठमाडौंमा रहेको ट्याक सुटकै उत्पादन तथा विक्री वितरण गर्दै आएको कम्पनी एच.ई. इन्टरप्राइजेजका प्रोपाइटर हरि पौडेलले गर्नु भएको हो ।

नगरपालिका भित्रका प्रावि र आधारभूत विद्यलयका विपन्न २/२ जनालाई वितरण

तीनपिप्ले(लमजुङ)– राइनास नगरपालिकाका विपन्न ५२ विद्यार्थीले न्यानो ट्याक(माथि लगाउने न्यानो लुगा) पाएका छन् । नगरपालिकाको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच सोही नगरपालिकाका मेयर खड्गबहादुर गुरुङले विद्यार्थीलाई सो लुगा माघ १५ गते वितरण गर्नु भएको हो ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवम् वडानं ४ का अध्यक्ष बलराम पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मेयर गुरुङका अतिरिक्त उपमेयर पुष्पराज खनाल, शिक्षा शाखाका प्रमुख पूर्ण नेपाली सहितले बालबाकिलालाई संयुक्त रुपमा ट्याक वितरण गर्नु भएको थियो ।
बालबालिकाका लागि उक्त ट्याकको प्रवन्ध सोही नगरपालिका– ३ को टिमुरेमा स्थायी बसोबास भई हाल काठमाडौंमा रहेको ट्याक सुटकै उत्पादन तथा विक्री वितरण गर्दै आएको कम्पनी एच.ई. इन्टरप्राइजेजका प्रोपाइटर हरि पौडेलले गर्नु भएको सोही नगरपालिकाका शिक्षा शाखाका स्रोतव्यक्ति कुमार न्यौपानेले बताउनु भयो । उहाँका अनुसार नगरपालिका क्षेत्र भित्र रहेको प्रार्थमिक विद्यायल र आधारभूत विद्यालयका २/२ जना विपन्न विद्यार्थी छनौट गरी उक्त सामग्री वितरणको प्रवन्ध गरिएको हो ।
कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थीका अतिरिक्त शिक्षकहरूको समेत सहभागिता थियो ।

प्रकाशित मिति २०७९ माघ १६, सोमबार १०:०० गते
हजुरको प्रतिक्रिया