
पोखराको डल्फिन सहकारीका म्यानेजर खाती झुण्डिएको अवस्थामा फेला
मृतकले प्रवन्धक पदबाट गत साउनमै राजीनामा गरेका थिए तर सञ्चालकहरूले राजीनामा स्वीकृत नगरी उनलाई काम गर्न दबाब दिदै आएको बुझिएको छ । उनले फसेको ऋण उठेपछि मात्र राजीनामा स्विकृत हुने भन्ने दबाब झेल्दै आएको उनी निटक स्रोतले जनाएको छ ।
पोखरा— बचत सहकारीका सञ्चालकहरू फरारको दायरा नाघेर अब आफै झुण्डिन थालेको भेटिन थालेको छ । पोखरामा सञ्चालित डल्फिन बचत तथा ऋण सहकारी संस्था(साकोस)का व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले माघ १५ गते साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालय बैदामले पुष्टि गरेको छ ।
सर्वसाधारणले खाइनखाई गरी जम्मान गरेको पैसा हिनामिना गर्ने सहकारीका सञ्चालकहरू फरार रहन थालेकोमा अब भने झुण्डिने अवस्थासम्म पुगेको पाइन थालेको आंकलन गर्न थालिउको छ । मृतक कास्कीको पोखरा महानगरपालिका– ९ शिव टोलमा एक सहकारी सञ्चालक हुन् । मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ ।
सो घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा छिन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा उपचार जारी रहेको वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीले बताउनु भएको छ । उहाँका अनुसार मृतकले खाती ह्याप्पी पानी उद्योग सञ्चालकसमेत रहेको खुलेको छ ।
प्रहरीको प्रारम्भिरक अनुसन्धानबाट खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने खुलेको छ । उनी आबद्ध सहकारी सञ्चालक समितिको बैठक आजै दिउँसो बसेको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
मृतकले प्रवन्धक पदबाट गत साउनमै राजीनामा गरेका थिए तर सञ्चालकहरूले राजीनामा स्वीकृत नगरी उनलाई काम गर्न दबाब दिदै आएको बुझिएको छ । उनले फसेको ऋण उठेपछि मात्र राजीनामा स्विकृत हुने भन्ने दबाब झेल्दै आएको उनी निटक स्रोतले जनाएको छ ।
खातीले धेरै ऋण रहेको र दुई÷तीन दिनअघिसम्म साथीभाइसँग सापटी माग्दै हिँडेको उनका निकटस्थहरूले बताएका छन् । खातीमाथि चर्को ऋण थियो उनका साथी अशोक राईले बताउनु भयो । उहाँका अनुसार पछिल्लो समय उनी प्रवन्धकमा कार्यरत डल्फिन साकोस नाजुक हुँदै गएपछि उनी दबाब महसुस गर्न थालेका थिए ।
खाती परिवार पहिले सुकुम्बासी टोलमा बस्थ्यो । उक्त घर बेचेर करिब ७ वर्षदेखि नजिकै लालपूर्जा भएको जग्गा किनेर बसेको पनि उनका साथी राईको भनाई छ ।
मृतक खातीका एक छोरी र छोरा छन् ।
प्रकाशित मिति २०७९ माघ १६, सोमबार ११:३३ गते