भूलभूले(लमजुङ)– मर्स्याङदी गाउँपालिकालाई आरसिडिसीद्वारा बिपद व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको छ । आरसिडिसीका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङलाई ती सामग्री एक कार्यक्रमका बीच माघ १६ गते हस्तान्तरण गर्नु भएको हो ।
सामग्री ग्रहण गर्दै मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाको बिपदको क्षेत्रमा यी सामग्रीले राहत पुग्ने बताउँदै ती सामग्रीको कार्यबिधि बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । मर्याङदी गाउँपालिका बाढी, पहिरो र भुकम्प लगायतको जोखिममा रहेकोले यी सामग्रीले खोज तथा उद्दार तथा पूर्व तयारीको लागि सहयोग पुग्ने उहाँको भनाई थियो ।
सामग्री हस्तान्तरण गर्दै आरसिडिसीका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले सहयोग गरिएका समग्रीले बिपदमा, बिपद पूर्वतयारी र बिपद पश्चात पनि सहयोग हुने विस्वास ब्यक्त गर्नु भयो । उपलब्ध सामग्रीहरूको पालिकाले समुचित व्यवस्थपन गर्नुपर्ने उहाँले बताउनु भयो । मर्स्याङदी गाउँपालिका आफैमा बाढी, पहिरो र भुकम्पीय जोखिममा रहेको हुँदा बिपत प्रतिकार्यको लागि पालिका सधैं चनाखो हुनुपर्नेमा उहाँको जोड थियो ।
ती सामग्री ४ लाख ५ हजार २ सय ६० रुपैया बरावरको विभिन्न सामग्री सहयोग गरेको आरसिडिसिका कार्यकारी निर्देशक घिमिरेले बताउनुभयो । उहाँका अनुसार पुनर्लाभ परियोजना सञ्चालन भएका स्थानीय तहमा विपद् व्यवस्थापन क्षेत्रमा सहयोग गर्ने गरिआएको छ । उहाँले भन्नुभयो, ‘आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई विभिन्न ५६ प्रकारका समग्री हस्तान्तरण गरिएको हो ।’ सहयोग सामग्री मध्ये २ लाख ५० हजार ६ सय रुपैया वरावरको विद्युतीय सामग्री, १ लाख ३९ हजार २ सय १० रुपैया वरावरको हार्डवेयर सामग्री र १५ हजार ४ सय ५० रुपैया वरावरको मेडिकल सामग्री रहेको उहाँको भनाई छ ।
आरसिडिसीले सि.आर.एस. नेपालको साझेदारीमा जिल्लाका चार स्थानीय तह बेसीशहर नगरपालिका, सुन्दरवजार नगरपालिका, मस्र्याङदी र दोर्दी गाउँपालिकामा लमजुङ पुर्नलाभ परियोजना सञ्चालन गरेको आरसिडिसिका कार्यकारी निर्देशक घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार परियोजना अन्र्तगत चार वटै स्थानीय तहलाई विपद् व्यवस्थापन सम्वन्धि सामग्री हस्तान्तरण गरिएको हो ।
यसप्रकारका सामग्री यसअघि बेसीशहर नगरपालिकालाई सामग्री हस्तान्तरण गरिसकिएको छ भने बाँकी दुई पालिकामा निकट भविश्यमै वितरण गर्ने कार्यक्रम रहेको बिपद जोखिम उत्थानशील परियोजनाका संयोजक कृष्णदेव जोशीले बताउनु भयो । उहाँले कार्यक्रममा सि.आर.एस.को तर्फबाट उक्त कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
यसैगरी, सो अवसरमा आर.सि.डि.सि.को परियोजना संयोजक हेमराज बिमलीले लमजुङ पुनर्लाभ परियोजना अन्तर्गतका गतिविधिलाई जानकारी दिनु भएको थियो ।
प्रकाशित मिति २०७९ माघ १६, सोमबार २०:३६ गते