रास्वपालाई पनि गृह मन्त्रालय दिन नसक्ने प्रधानमन्त्री र सरकारमा बस्न नसक्ने रबिको उदघोष

रास्वपालाई पनि गृह मन्त्रालय दिन नसक्ने प्रधानमन्त्री र सरकारमा बस्न नसक्ने रबिको उदघोष

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १७ गते मङ्गलबार ०२:१६

रास्वपाका सभापति रबिले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने जानकारी दिनु भएको रबि निकट स्रोले बतायो ।
स्मरणीय छ, पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । फेरि त्यही ठाउँमा राजनीति पुग्नु भनेको सरकारलाई दिएको सर्मथन आफूहरूले फिर्ता लिने अवस्थामा पुग्नु भएको आम बुझाई छ ।

सर्वोच्च अदालतको आदशेबाट उपप्रधान एवं गृहमन्त्री पद गुमाउनु भएका रास्वपाका सभापति रबिको फेरि सोही पदमा फर्कने चाहना

काठमाडौं– सुशासनको थालनी गृहमन्त्रालयबाट थाल्ने संकल्प लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय नपाउने संकेत पाएपछि तत्काल सरकार छाड्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेका बीच माघ १७ गते विहान भएको भेटले निकास दिन सकेन ।
गृहमन्त्रायलका आफैले राख्ने सोच बनाउनु भएका प्रधानमन्त्रीले ‘प्रक्रिया’ बाहिर गएर अहिले गृह मन्त्रालय दिन मिल्दैन भन्ने जवाफ रास्वपाका सभापति रबिलाई दिएको स्रोतको भनाई छ । सो भेटमा रबिले भने आजै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने बताउनु भएको थियो । रबिले बेलुकासम्ममै सपथ ग्रहण गराउन लामिछानेले अनुरोध गर्नु भएको बालुवाटार स्रोत भन्छ । स्रोतका अनुसार राजनीतिका चतुर खेलाडी प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछि मात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुनसक्ने बताउँदै उम्किनु भएको छ ।
‘अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन ।’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले बतायो । ‘मेरो पार्टीमा पनि गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव आएको छ । तपाईँको नागरिकताको विषय अझै टुंगो लागिसकेको छैन । राहदानीको विषय पनि उठेको छ ।’ भन्दै प्रधानमन्त्रीले स्पष्ट शब्दमा गृह मन्त्रालय नदिने जानकारी रबिलाई दिनु भएको छ ।

प्रधानमन्त्रीको कुरा सुनेपछि रास्वपाका सभापति रबिले आफ्नो पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने जानकारी दिनु भयो । रास्वपाले त्यसबारेमा सर्वाधिकार सभापतिलाई नै दिएको छ । त्यसैले रास्वपाका सभापति रबिले आफूले गृहमन्त्रालय नपाए देशको राजनीति पुस १० भन्दा अगाडिको अवस्थामा पुग्ने जानकारी दिनु भएको रबि निकट स्रोतले बतायो ।

स्मरणीय छ, पुस १० मा एमाले, माओवादी केन्द्र रास्वपा राप्रपा, जनता समाजवादी पार्टी जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आपसमा मिलेर सरकार गठन गर्ने सहमति भएको थियो । फेरि त्यही ठाउँमा राजनीति पुग्नु भनेको सरकारलाई दिएको सर्मथन आफूहरूले फिर्ता लिने अवस्थामा पुग्नु भएको आम बुझाई छ ।
रास्वपा स्रोेतले भन्यो, ‘सरकार निर्माण गर्दा भएको सहमति अनुसार हामीले गृह मन्त्रालय लिएको हो, त्यो पालना नहुने हो भने देशको राजनीति पुस १० मा फर्किन्छ भन्ने प्रधानमन्त्रीलाई जानकारी गराएको हो ।’
सर्वोच्च अदालतको आदशेबाट उपप्रधान एवं गृहमन्त्री पद गुमाउनु भएका रबिको फेरि सोही पदमा फर्कने चाहना रहेको बुझिएको छ, जो स्वभाविक पनि हो ।

प्रकाशित मिति २०७९ माघ १७, मंगलवार १४:१६ गते
हजुरको प्रतिक्रिया