
धुसेनी(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ । उक्त प्रतियोगिताको दोस्रो दिन माघ १७ गतेसम्म कुल २३ खेलको अन्तिम नतिजा आएको छ । यस वर्ष भक्ति नमूना माविले राष्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक गर्ने पूर्ण तयारी गरेको सो माविका प्रधानाध्यापक यज्ञराज घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार त्यसका लागि आवश्यक सबै तयारी गरिएको छ र आजसम्मको लक्षणले त्यो लक्ष्य हासिल हुने संकेत समेत देखिएको छ । उहाँले भन्नुभयो, ‘हाम्रा सहभागी छात्रछात्राहरू अति उत्साहित भएर पूर्णअनुशासित रुपमा खेलमा भाग लिइरहेका छन्, हामीलाई हराउन सजिलो छैन ।’
आज सम्पन्न भएका खेलमा १५ सय मिटर छात्रतर्फ भक्ति नमूना मावि, आदर्श बाल मावि र महेन्द्र मन्दिर मावि क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै सोही खेलको छात्रातर्फ भक्ति नमूना मावि पहिलो, सौभाग्य सदन मावि दोस्रो र भारती सदन तेस्रो भए ।
एक सय मिटर छात्रतर्फ भक्ति नमूना मावि, विद्याज्योती मावि र महोन्द्र मन्दिर मावि क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने सोही खेलको छात्रातर्फ भक्ति नमूना मावि पहिलो, आदर्श बाल मावि दोस्रो र फ्युचरस्टार आमावि तेस्रो भएका छन् ।
२०० मिटर दौडको छात्रतर्फ भक्ति नमूना मावि पहिलो, विद्याज्योती मावि दोस्रो र फ्युचरस्टार आमावि तेस्रो भए भने सोही खेलको छात्रातर्फ भक्ति नमूना मावि पहिलो, विद्याज्योती मावि दोस्रो र शान्ती मावि तेस्रो भएका छन् ।
यसैगरी, ३०० मिटर दौडको छात्रतर्फ भक्ति नमूना मावि पहिलो, आदर्श बाल मावि दोस्रो र विद्याज्योती मावि तेस्रो भए भने छात्रातर्फ सौभाग्य सदन मावि पहिलो, भक्ति नमूना मावि दोस्रो र भारती सदन मावि तेस्रो भएका छन् ।
४०० मिटर दोडको छात्रतर्फ आदर्श बाल मावि पहिलो, विद्याज्योती मावि दोस्रो र शान्ति मावि तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ सौभाग्यसदन मावि पहिलो, भक्ति नमूना मावि दोस्रो र विद्याज्योती मावि तेस्रो भए ।
आज खेलाइएका फिल्ड अन्तरगतका खेलहरू तर्फ सटपुटको छात्रतर्फ सर्वोदय मावि पहिलो, विद्याज्योती मावि दोस्रो र आदर्शबाल मावि तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फको खेलमा आदर्शबाल मावि पहिलो, भक्ति नमूना मावि दोस्रो र विद्याज्योती तेस्रो भए ।
लङ्गजम्पको छात्रतर्फ सौभाग्यसदन मावि पहिलो, महेन्द्र मन्दिर मावि दोस्रो र भक्ति नमूना मावि तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ भक्ति नमूना मावि पहिलो, संस्कृत सदन मावि दोस्रो र शान्ती मावि तेस्रो भएका छन् ।
ज्वाब्लिङ थ्रोको छात्रतर्फ महेन्द्र मन्दिर मावि पहिलो, भक्ति नमूना मावि दोस्रो र आदर्श बाल मावि तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ आदर्शबाल मावि पहिलो, शान्ती मावि दोस्रो र भक्ति नमूना मावि तेस्रो भएका छन् ।
त्रिपल जम्पको छात्रतर्फ आदर्श बाल मावि पहिलो, विद्याज्योती दोस्रो र फ्युचरस्टार आमावि तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फ भक्ति नमूना मावि पहिलो, आदर्शबाल मावि दोस्रो र सौभाग्यसदन मावि तेस्रो भए ।
हाईजम्पको छात्रतर्फ विद्याज्योती मावि पहिलो, शान्ती मावि दोस्रो र संस्कृत सदन मावि र सौभाग्यसदन मावि तेस्रो भएका छन् । सोही खेलको छात्रातर्फको खेलमा आदर्शबाल मावि पहिलो, शान्ती मावि दोस्रो र सौभाग्यसदन मावि तेस्रो भएका छन् ।
यसैगरी, आजै खेलाइएको कराते तर्फका विभिन्न खेलमा निम्नानुसारको अन्तिम नतिजा आएको आजको खेलका सञ्चालक संयोजनकर्ता सौभाग्य सदन माविका शिक्षक रामकृष्ण खनालले बताउनु भएको छ । उहाँका अनुसार ती खेलहरू हुन्–
४० केजी छात्रातर्फ ग्लोवल भिजन पहिलो, आदर्शबाल मावि दोस्रो र तेस्रो तथा फ्युचर स्टार आमाविले सान्त्वना स्थान हासिल गरे ।
४५ केजी छात्रातर्फ भक्ति नमूना मावि पहिलो, भविश्य निर्माण मावि दोस्रो, ग्लोवल भिजन तेस्रो र बालज्योतीले सान्त्वना स्थान हासिल गरेका छन् ।
त्यस्तै, ५० केजी छात्रातर्फ भक्ति नमूना मावि पहिलो र दोस्रो, ग्लोबल भिजन आमावि तेस्रो र फ्युचर स्टारले सान्त्वना स्थान हासिल गरेका छन् ।
छात्राकै एकल काँतातर्फ ग्लोबल भिजन आमावि पहिलो, भक्ति नमूना मावि दोस्रो, भविश्य निर्माण मावि तेस्रो र भक्ति नमूना माविले सान्त्वना स्थान हासिल गरेका छन् ।
४२ केजी छात्रतर्फको खेलामा भक्ति नमूना मावि पहिलो र दोस्रो, ग्लोबल भिजन आमावि तेस्रो र इन्साटभिजन आमाविले सान्त्वना स्थान हासिल गरेका छन् ।
४७ केजी छात्रतर्फ भक्ति नमूना मावि पहिलो र दोस्रो, ग्लोबल भिजन आमावि तेस्रो र बालज्योती आमाविले सान्त्वना स्थान हासिल गरेका छन् ।
५२ केजी छात्रतर्फ भक्ति नमूना मावि पहिलो, फ्युचरस्टार आमावि दोस्रो, विद्याज्योती मावि तेस्रो र बालज्योतीले सान्त्वना स्थान हासिल गरेका छन् ।
एकल काँताकै छात्रतर्फको खेलामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान समेत सबै भक्ति नमूना माविले हत्याएको सो प्रतियोगिताको संयोजन गर्ने विद्यालयले जनाएको छ ।
आजको प्रतियोगितामा सोही वडाका वडाध्यक्ष एवम् सौभाग्य सदन माविको व्यवस्थापन समितिका अध्यक्ष दीपकराज ढकाल तथा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीको विशेष उपस्थिति रहेको थियो ।
कुल ३६ खेल खेलाइने उक्त प्रतियोगिताको समापन कार्यक्रम भोलि १८ गते कोइरालाफाँट स्थित खेलमैदानमा गरिने भएको छ । समापन कार्यक्रम चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छनौट समिति तथा निर्देशन समितिका संयोजक एवम् मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम छ ।
उक्त प्रतियोगितामा सुन्दरबजार नगरपालिका क्षेत्रका कुल १९ विद्यालयले भाग लिएका छन् । आज भालिबलका प्रारम्भिक चरणका खेलहरू छात्र र छात्रा दुवै तर्फका सम्पन्न भएको जानकारीमा आएको छ ।
प्रकाशित मिति २०७९ माघ १७, मंगलवार २२:३७ गते