ठाडोभाका लोककला प्रतिष्ठान नेपालको सातौं वार्षिकोत्सवको तीन दिवसीय कार्यक्रम आजदेखि

ठाडोभाका लोककला प्रतिष्ठान नेपालको सातौं वार्षिकोत्सवको तीन दिवसीय कार्यक्रम आजदेखि

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ १९ गते बिहिबार ०६:०३

दिवसको उदघाटन कार्यक्रममा वितरण गरिदै आएको ठाडोभाका– टीकाकुमारी स्मृति कलाकार राष्ट्रिय सम्मान– २०७९ यो वर्ष लोकदोहोरीका मुर्धन्य व्यक्तित्व राजु परियारलाई ‘लोकदोहोरी वादशाह’ उपाधि समित सम्मान गरिने भएको छ । सो पुरस्कारको राशि नगद १० हजार ५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र रहेको छ । उक्त पुरस्कार प्रतिष्ठानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी नरेन्द्रराज ढुंगानाले स्थापना गरिदिनु भएको हो ।

वरिष्ठ लोकगायक राजु परियारलाई ठाडोभाका– टीकाकुमारी स्मृति पुरस्कारबाट सम्मान गरिदै साथमा ठाडोभाकाका अग्रज गायक/गायिका पनि सम्मानित हुँदै

सिउँडीबार (लमजुङ)– लमजुङमा लोककला संस्कृतिको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा पौने दशकदेखि क्रियाशील रहँदै आएको गैसस ठाडोभाका लोककला प्रतिष्ठान नेपालले तीन दिवसीय सातौं स्थापना दिवस– २०७९ आज माघ १९ गतेदेखि शुरु हुने भएको छ । प्रतिष्ठानका सल्लाहकार एवम् संविधानसभा सदस्य जमिन्द्रमान घलेबाट उदघाटन हुने उक्त कार्यक्रमको तयारी पुरा भएको प्रतिष्ठानले माघ १८ गते जनाएको छ ।
सो दिवसका अवसरमा प्रतिष्ठानले आज माघ १९ गते शुरु भई २० र २१ गतेसम्म सञ्चालन हुने भएको छ । दिवसका अवसरमा ठाडोभाका र बाघचाल खुल्ला प्रतियोगिता सञ्चालन गरिदै छ ।
उक्त अवसरमा दिनमा उक्त प्रतियोगिता सञ्चालन सुन्दरबजार नगरपालिका– ९ को समुताँ तमु समाज सिउँडीबारको सभा हलमा सञ्चालन हुने कार्यक्रम छ । सो अवसरमा सञ्चालन हुने ठाडोभाकाको खुल्ला प्रतियोगिताको यो वर्ष चौथो शृंखला चलिरहेको छ भने बाघचालको तेस्रो खुल्ला प्रतियोगिता हो ।

राजु परियारलाई ‘लोकदोहोरी वादशाह’ उपाधि समित सम्मान गरिने
दिवसको उदघाटन कार्यक्रममा वितरण गरिदै आएको ठाडोभाका– टीकाकुमारी स्मृति कलाकार राष्ट्रिय सम्मान– २०७९ यो वर्ष लोकदोहोरीका मुर्धन्य व्यक्तित्व राजु परियारलाई ‘लोकदोहोरी वादशाह’ उपाधि समित सम्मान गरिने भएको छ । सो पुरस्कारको राशि नगद १० हजार ५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र रहेको छ । उक्त पुरस्कार प्रतिष्ठानका सल्लाहकार एवम् वरिष्ठ समाजसेवी नरेन्द्रराज ढुंगानाले स्थापना गरिदिनु भएको हो ।
यसैगरी, उक्त अवसरमा गत प्रतिष्ठानले गत तिहारमा सञ्चालन गरेको द्यौसी भैलो कार्यक्रममा १० हजार भन्दा बढी नगद सहयोग गर्ने संस्थाहरू तथा व्यक्तित्वलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भयो । उहाँका अनुसार प्रतिष्ठानले थालनी गरेको ७० वर्ष पुगेका ठाडोभाकाका अग्रज गायक/गायिकालाई सम्मान कार्यक्रम अन्तरगत विगतमा छुट्नु भएका कलाकारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ । उहाँहरू ८० वर्षीय अम्मरध्वज गुरुङ, ७२ वर्षीया बुद्धिमाया गुरुङ, ७२ वर्षकै क्याम्पटन धनबहादुर गुरुङ लगायत ५ जना हुनुुहन्छ । त्यस्ता अग्रज स्रष्टाहरू २३ जना लाई प्रतिष्ठानले यसअघि सम्मान गरिसकेको छ ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो स्थापना दिवसका अवसरमा ठाडोभाका र बाघचालको खुल्ला प्रतियोगिता सञ्चालन गर्र्दै आएको छ । प्रतिष्ठानले चौथो स्थापना दिवसदेखि ठाडोभाकाको र पाँचौ स्थापना दिवसदेखि बाघचाल प्रतियोगिता सञ्चालन गर्न थालेको हो ।
स्थापना दिवसको समापन कार्यक्रममा सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला प्रमुख अतिथि हुनुहुने भएको छ ।
खुल्ला बाघचाल प्रतियोगितामा पहिलो पुस्कार १० हजार रुपैया रहेको छ भने दोस्रो र तेस्रो पुरस्कार क्रमशः ७ हजार र ५ हजार रुपैयाँ तथा २५ सय रुपैयाँका दरले दुई जनालाई सान्त्वना पुरस्कार र प्रमाणपत्र दिइने भएको छ । त्यस्तै, ठाडोभाकातर्फ पहिलो पुरस्कार प्रति टिम ४० हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई १५ हजार र सान्त्वना स्थान हासिल गर्ने टिमलाई १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
यसैगरी, ठाडोभाकाका सहभागी टिमलाई गीत पाएपछि तीन हजार रुपैयाँ बाटो खर्च विगत वर्षझै दिइने भएको प्रतियष्ठानका अध्यक्ष नवराज पहाडीले बताउनु भएको छ ।
‘लोक संस्कृतिको उत्थान– हाम्रो अभियान’ मूलनारा तथा ‘ठाडोभाका लमजुङको पहिचान र गौरव’ सहायक नाराका साथ प्रतिष्ठानले लोक संस्कृति संरक्षण एवम् प्रवद्र्धनको अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति २०७९ माघ १९, बिहीबार ०६:०३ गते
हजुरको प्रतिक्रिया