सरकारबाट बाहिर बसेर समर्थन गर्ने रास्वपाको निर्णय

सरकारबाट बाहिर बसेर समर्थन गर्ने रास्वपाको निर्णय

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २२ गते आईतबार ०५:५९

यो निर्णयसँगै रास्वपाको पहिलो सत्तायात्रा ४२ दिन नपुग्दै टुंगिने भएको छ । गत पुस ११ गते रास्वपा सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिनु भएको थियो भने अन्य मन्त्रीहरूले भने माघ ३ गते मात्र सपथ लिनु भएको हो ।

जनताले दिएको एक एक भोट बिर्सेको छैन : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकले माघ २२ गते त्यस्तो निर्णय गरेको हो ।
सत्तारूढ गठबन्धनको सहमति अनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । तर पनि सो दलले सरकारलाई दिएको समर्थन भने कायम राख्ने जनाएको छ ।
रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै अब थप दुई मन्त्रालय खाली हुने छन् । यसअघि प्रधानमन्त्री प्रचण्डले गृह, युवा तथा खेलकुद, वन तथा वातावरण मन्त्रालय आफैंले राख्नु भएको छ ।
रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नु भएको छ ।
रास्वपाले यसअघिको सहमति पालना नभए अर्थात गृहमन्त्री आफ्नो दल नै पाउनु पर्ने तर सो नपाए सरकार छोड्ने चेतावनी दिएको थियो ।
यो निर्णयसँगै रास्वपाको पहिलो सत्तायात्रा ४२ दिन नपुग्दै टुंगिने भएको छ । गत पुस ११ गते रास्वपा सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिनु भएको थियो भने अन्य मन्त्रीहरूले भने माघ ३ गते मात्र सपथ लिनु भएको हो ।
गैरसांसदलाई पनि ६ महिनासम्म मन्त्री बनाउन मिल्ने संविधानको व्यवस्थाअनुसार आफू मन्त्री बन्नु पर्ने सो दलका सभापति लामिछानेको भनाई थियो ।
दर्जन पत्रकारले एकपछि अर्को गर्दै प्रश्न उठाए पछि– ‘देश तपाइँले चलाउने होइन, मसँग चुनाव लड्न आउनुस्’ : रबि
यसैबीच, रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्को गर्दै आफूलाई खेदेको जानकारी दिनु भएको छ । उहाँले आक्रोशपूर्ण शैलीमा भन्नुभयो, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’ मिडियाले हुँदै नभएको कुराको प्रचार गरेकोप्रति आक्रोश पोख्दै उहाँले थप भन्नुभयो, ‘लाज लाग्दैन तपाईंहरू हुँदै नभएको कुरा लेख्नलाई ?’
रास्वपाका सभापति रविले उपनिर्वाचन नजितेसम्म आफू कुनै पनि पदमा नजाने बताउनु भयो । ‘म र प्रधानमन्त्रीबीच भएको कुराकानी कसले भनेको छ ?’ भन्ने प्रश्न गर्दै ‘म उपनिर्वाचन नजितेसम्म कहीँ जान्न, मैले भौतिक पूर्वाधार मन्त्रालय मागेको छैन ।’
जनताले दिएको एक एक भोट बिर्सेको छैन : रवि
यसैगरी, रास्वपाका सभापति रवि लामिछानेले जनताले दिएको एक एक भोटको सम्झना ताजै रहेको जानकारी दिनु भयो । केन्द्रीय समिति र संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा सभापति रबिले सबै जनताको आशा, अपेक्षा र उमंगका साथ दिएको भोट नबिर्सिएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो, ‘आजै मन्त्रीहरूले राजीनामा बुझाउनु हुनेछ । हामीले जनमतको कदर गर्दैछौं । हामीलाई नेपाली दाजुभाइले आशा अपेक्षा उमंगको भोट दिनुभएको छ । एक एक भोट बिर्सेका छैनौ’, कहिलेकाँही परिस्थितिले अर्कैतिर हुन्छ । देखिने र देखाइने कुरा बेग्लै हुन्छन् । त्यो आकाश जमिनको फरक रहेछ ।’

प्रकाशित मिति २०७९ माघ २२, आईतवार १७:५९ गते
हजुरको प्रतिक्रिया