फेरि बढ्यो पेट्रोलिम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलिम पदार्थको मूल्य

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २४ गते मङ्गलबार ०५:२६


निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९÷१०÷२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल÷मट्टीतेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’

डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाइयो

काठमाडौँ– पेट्रोलियम पदार्थको मूल्य घट्ने आशा गरिएको बेलामा सरकारले फेरि वृद्धि गरेको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले गए राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
सो विज्ञप्तिका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएर पेट्रोल एक सय ७८ रुपैया तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक सय ७५ रुपैया कायम गरिएको छ ।
वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने बताइएको छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टीतेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’

प्रकाशित मिति २०७९ माघ २४, मंगलवार ०५:२६ गते
हजुरको प्रतिक्रिया