मनोज पाण्डेलाई ७ वर्ष कैद तथा ७५ हजार क्षतिपूर्तिको सजाय

मनोज पाण्डेलाई ७ वर्ष कैद तथा ७५ हजार क्षतिपूर्तिको सजाय

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २४ गते मङ्गलबार ०६:०६

माघ १० गते भएको फैसला अनुसार बाल यौन दुरुपयोगमै त्यतिबेला नै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो ।
मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेका लागि पेसी तोकिएको थियो ।
मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय सुनाएलगत्तै पाण्डेले अब कम्तीमा ७ वर्ष कैदमा बस्नुपर्ने स्थिति सिर्जिएको हो ।

यसअघि अदालतले बालयौन दुर्व्यवहारमा ६ महिना कैद र ५० हजार जरिवाना तोकिएको छ, पाण्डेले अब कम्तीमा ७ वर्ष कैदमा बस्नुपर्ने स्थिति

काठमाडौं– सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई सात वर्ष कैद सजाय सुनाइएको छ । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय माघ २३ गते सुनाएको हो ।
सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनलमा सहभागी १६ वर्षीय किशोरीले आफूमाथि बलात्कार भएको सार्वजनिक गरेकी थिइन् । सौन्दर्य प्रतियोगिता सञ्चालक पाण्डे र उनका सार्थीहरूले बलात्कार तथा यौन दुर्व्यवहार गरेको उनको भनाइ थियो ।
न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई उक्त सजाय तोकिएको हो ।
पाण्डेविरुद्ध ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो । तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।
काठमाडौं जिल्ला अदालतले गत माघ १० गते नै पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । सो फैसला अनुसार बाल यौन दुरुपयोगमै त्यतिबेला नै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो ।
मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेका लागि पेसी तोकिएको थियो ।
मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय सुनाएलगत्तै पाण्डे अब कम्तीमा ७ वर्ष कैदमा बस्नुपर्ने स्थिति सिर्जिएको हो ।
उनका विरुद्ध बाल यौन दुरुपयोग सम्बन्धी मुद्दा पनि लगाइएको थियो । यसमा भने अदालतले एक लाख धरौटी माग गरेको छ । यो मुद्दामा एक लाख धरौटी तिरे पनि उनले मानव बेचबिखन मुद्दामा जेलमै बस्नु पर्ने हुन्छ ।
पाण्डेविरुद्ध १५ वर्ष कैद सजाय माग गरिएको थियो । पाण्डेमाथि भएको सजायको पूर्ण पाठ आउन बाँकी छ । पूर्ण पाठमा पाण्डेले कानूनमा उल्लेख भएजस्तो कसरी मानव बेचबिखन तथा ओसारपसार गरेका थिए भन्ने विस्तृत विवरण उल्लेख हुनेछ ।

प्रकाशित मिति २०७९ माघ २४, मंगलवार ०६:०६ गते
हजुरको प्रतिक्रिया