सर्वोच्चद्वारा कांग्रेसलाई विपक्षी दलको नेता बनाउनुको कारणको खोजी

सर्वोच्चद्वारा कांग्रेसलाई विपक्षी दलको नेता बनाउनुको कारणको खोजी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २६ गते बिहिबार ०८:१४

अधिवक्ता विमल पोखरेलले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाल कारणले काँग्रेसले विपक्षी दलको हैसियत गुमाएको जिकिर गर्दै रिट दायर गर्नु भएको हो ।
उक्त रिटमा कांग्रेस संसदीय दलका नेता वा विश्वासको मत दिएका अन्य दलका नेतालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन रोक लगाउन समेत माग गरिएको छ ।

संसदमा विपक्षी दलको नेता बारेमा अब नयाँ नजिर आउने, देउवाप्रति उठ्यो प्रश्न !

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता शेरबहदुर देउवालाई विपक्षी दलको नेता बनाउनुको कारण सोधेको छ । अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले कारण देखाऊ आदेशका साथमा अन्तरिम आदेश समेत जारी गरेको सर्वोच्चको वेबसाइटमा जनाइएको छ ।
दुवै पक्षको छलफलपछि यो विषयमा रिट निवेदकले मागे अनुसारको अन्तरिम आदेश दिने वा नदिनेबारे आदेश गर्ने भएको छ । त्यसका लागि सो मुद्दाका पक्ष र विपक्षी दुवै थरीलाई बहसका लागि बोलाएको समेत उल्लेख छ ।
अधिवक्ता विमल पोखरेलले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाल कारणले काँग्रेसले विपक्षी दलको हैसियत गुमाएको जिकिर गर्दै रिट दायर गर्नु भएको हो ।
उक्त रिटमा कांग्रेस संसदीय दलका नेता वा विश्वासको मत दिएका अन्य दलका नेतालाई संवैधानिक परिषदको बैठकमा उपस्थित हुन रोक लगाउन समेत माग गरिएको छ ।
सो रिट सर्वोच्च अदातलले सुरूमा दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो ।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीले संसदको आन्तरिक विषय भएको भन्दै गरेको दरपीठविरूद्ध अधिवक्ता पोखरेलले अर्को निवेदन दिनु भएको थियो । उक्त निवेदनमा एकल इजलासमा सुनुवाइ गर्दै सो रिट दर्ता गर्न आदेश दिइएको थियो ।
सोही आदेश अनुसार रिट दर्ता भएपछि रिटमा पहिलो सुनुवाइ भएको हो ।
उक्त रिटको अन्तिम सुनुवाई हुँदा संसदमा विपक्षी दलको नेता बारेमा अब नयाँ नजिर आउने भएको छ ।

प्रकाशित मिति २०७९ माघ २६, बिहीबार ०८:१४ गते
हजुरको प्रतिक्रिया