उच्चस्तरीय संयन्त्रको बैठक रोकेरै, प्रचण्ड– ओली वार्तामा

उच्चस्तरीय संयन्त्रको बैठक रोकेरै, प्रचण्ड– ओली वार्तामा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २६ गते बिहिबार ०५:२६

दुई नेताहरूका बीचमा पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
संयन्त्रको बैठक दिउँसो तीन बजेका लागि बोलाइएको थियो । सो बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडानमा

काठमाडौं– सत्ता गठबन्धनको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने आजका लागि तय भएको बैठक स्थगित भएको छ । तर बैठक रोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएका कारण माघ २६ गते स्थगित भएको हो ।
आजका लागि तय भएको संयन्त्रमा आवद्ध दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनु भयो । उहाँका अनुसार दुई नेताबीच सिंहदरबारमा भेट भएको हो ।
दुई नेताहरूका बीचमा पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
संयन्त्रको बैठक दिउँसो तीन बजेका लागि बोलाइएको थियो । सो बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल भइरहेको छ ।
सत्ता घटक नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान लिएपछि ओली र प्रचण्ड छलफलमा जुटेको बताइएको छ ।
सयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीचबीच सिंहदरबारमा छलफल भइरहेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीसहितको मुद्दा फिर्ता लिनुपर्ने माग राखेको छ । यतिबेला नाउपामा सांसदहरू काठमाडौंमा जम्मा भएका छन् ।

प्रकाशित मिति २०७९ माघ २६, बिहीबार १७:२६ गते
हजुरको प्रतिक्रिया