राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमानमन्त्रीहरू क्वार्टरबाट विदाई

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमानमन्त्रीहरू क्वार्टरबाट विदाई

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २६ गते बिहिबार ०६:११

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको माघ २२ गते बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने गरी आफ्ना मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको थियो ।
पार्टीले त्यस्तो निर्णय गरे लगत्तै सोही दिन तत्कालीन मन्त्रीहरू अर्याल, खनाल र कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनु भएको हो ।

रास्वपाका तीन मन्त्रीहरूमा रबि र अर्यालले हिजै क्वार्टर छाड्नु भएको थियो । खनालले आज मात्र क्वाटर छाड्नु भएको हो ।

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमानमन्त्रीहरूले पुल्चोकस्थित मन्त्री क्वार्टरबाट विदाई हुनु भएको छ । निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मन्त्री क्वार्टर माघ २६ गते छाड्नु भएको हो ।
रबि र अर्यालले हिजै क्वार्टर छाड्नु भएको थियो । खनालले आज मात्र क्वाटर छाड्नु भएको हो । निर्वमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की उपत्यकामै घर भएका कारणले मन्त्री क्वार्टरमा सर्नु भएको थिएन ।
तीनै जनाले बुझबु झारथ गरी क्वार्टर खाली गरिसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले जानकारी दिनुभयो ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको माघ २२ गते बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने गरी आफ्ना मन्त्रीहरूलाई भने फिर्ता बोलाउने निर्णय गरेको थियो ।
पार्टीले त्यस्तो निर्णय गरे लगत्तै सोही दिन तत्कालीन मन्त्रीहरू अर्याल, खनाल र कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनु भएको हो ।
सो दलका सभापति रबिको नागरिकता विवादमा सर्वोच्च अदालतले माघ १३ गते नागरिकता अवैध ठहर गर्दै सांसद बन्न अयोग्य ठहर हुने फैसला गरेको थियो । सो फैसला पछि रबिले सांसद, मन्त्री र पार्टीको सभापति पद समेत गुमान पुग्नु भएको थियो ।
तर रविले
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर १५ गते नै नेपाली नागरिकता पुनः प्राप्ति गर्नु भयो । त्यसपछि रबिले रास्वपाको सभापति पदमा पुनर्वहाली भइसक्नु भएको छ भने अन्य पद भने फिर्ता हुन सकेन । त्यसैकारण सो दलले सरकारमा नबस्ने निर्णय गरेको हो ।

प्रकाशित मिति २०७९ माघ २६, बिहीबार १८:११ गते
हजुरको प्रतिक्रिया