विवेकशील साझा पार्टीलाई राप्रपाकरण हुनबाट बचाएको अध्यक्ष बास्कोटाको दावी

विवेकशील साझा पार्टीलाई राप्रपाकरण हुनबाट बचाएको अध्यक्ष बास्कोटाको दावी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २७ गते शुक्रबार १०:०३

महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने अध्यक्ष बास्कोटाको भनाई छ । २०७४ को मत पार्टीले सम्हाल्न नसकेको र मात्तिएको भन्दै उहाँले एकजुट भएर पार्टीमा सबैले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वैकल्पिक राजनीतिक दल बनेपछि रवीन्द्र मिश्रलाई बोलाउँछौं : अध्यक्ष बास्कोटा

काठमाडौं– विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण हुनबाट बचाएको दावी गर्नु भएको छ । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीले आजदेखि सुरू गरेको पहिलो महाधिवेशन नै पूर्वअध्यक्ष रवीन्द्र मिश्रका लागि सबैभन्दा ठूलो झापड भएको माघ २७ गते बताउनु भएको हो ।
पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीलाई राप्रपाकरण गर्ने प्रवृत्तीबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताउनु भएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा अध्यक्ष बास्कोटाले भने, ‘यो महाधिवेशन नै उहाँका लागि सबैभन्दा ठूलो झापड हो ।’
अध्यक्ष बास्कोटाले पार्टीका पूर्व अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजेपनि आफू लगायतका नेताहरूले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको उल्लेख गर्नु भयो ।
विवेकशील साझा पार्टीका नेताहरू अधिकांश दलहरूमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरू उत्पादन गरिरहेको समेत अध्यक्ष बास्कोटाले दावी गनुृ भयो । उहाँले पार्टीमा पूर्वअध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रवीन्द्र मिश्रका लागि गतिलो झापड भएको उहाँले उल्लेख गर्नु भयो ।
महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने उहाँको भनाई छ । २०७४ को मत पार्टीले सम्हाल्न नसकेको र मात्तिएको भन्दै उहाँले एकजुट भएर पार्टीमा सबैले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आफू अध्यक्ष भएपछि महाधिवेशन गर्ने भनेकोमा त्यो प्रतिबद्धता पूरा गर्न सकेको उहाँको दावी थियो ।
अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी बनाउन कुनैपनि सेलिब्रेटी पार्टी आउनु नपर्ने भन्दै आफैँले पार्टीलाई बनाउने उद्घोष गर्नुभयो । बास्कोटाले आफूहरू ऊर्जासहित महाधिवेशनमा होमिएको बताउनु भयो ।
विवेकशील साझाले वैकल्पिक राजनीति स्थापित गर्न सकेमा पूर्वअध्यक्ष मिश्रका लागि अर्को झापड हुने पनि उहाँले उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘अब विवेकशील साझा पार्टीलाई समाधानमुखी राजनीतिमा केन्द्रित हुनेछ, सबैलाई पार्टीमा स्वागत छ । पाँच वर्षमा पार्टीलाई कहाँ पु¥याउने छलफल गरौं तर को अध्यक्ष र महासचिव बन्ने छलफलले पार्टी कहीँ पुग्दैन ।’
विवेकशील साझाको जारी महाधिवेशन भोलि नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने कार्यक्रम छ ।

प्रकाशित मिति २०७९ माघ २७, शुक्रबार २२:०३ गते
हजुरको प्रतिक्रिया