बेसीशहर– बजारमा महंगी मनपरीसँग बढ्दा सर्वसाधारणको उठीबास हुने स्थिति उत्पन्न हुन थालेको छ । महंगी पनि यसरी बढ्छ कि मन लागि छ । यस्तो स्थिति देख्दा यो देशमा सरकार भन्ने जिनिस त्यो पनि ‘जनताको दावी गर्ने जनताले चुनेको’ छ र ? भन्ने प्रश्न उब्जिन थालेको छ ।
‘पाउरोटी’ जसले सर्वसाधारणको दैनिकी समेत गुजार्ने गर्दछ । ८० रुपैयाँको फोटोमा देखिएको पाउरोटीको मूल्यमा एकैपटक १५ रुपैयाँ बढाएर ९५ रुपैयाँ पुर्याइएको माघ २७ गते फेला पर्यो । सर्वसाधरणका दैनिकीसँग जोडिएको वा कुनै पनि खाद्य वस्तुको मूल्य कति समयवाधिको अन्तरमा के कति प्रतिशत बृद्धि गर्ने ? भन्ने पनि त कुनै मापदण्ड वा सीमा हुन्छ होला नि ! जनताको सरकार भएको देशमा त त्यस्तो कुनै नियम त अवश्य हुन्छ होला वा हुनुपर्ने हो नि ? सर्वसाधारण प्रश्न गरिरहेका छन् । छिमेकी मित्र राष्ट्र भारतमै प्रतिकेजी डेढ दुई रुपैयाँमात्र मूल्य बृद्धि हुँदा पनि त्यसको विरोधमा उत्पन्न हुने जन(उपभोक्ता) विरोधले सरकार हल्लिन्छ । मूल्य घटाउन बाध्य हुन्छ । जो हामीले पटक पटक सुन्दै, देख्दै आएका छौं तर नेपालमा ….. ।
मूल्य पाउरोटीमा मात्र बढे, बढाइएको हैन । ‘डाइजेष्टिभ’ नामको विस्कुटको मूल्य पछिल्लो छ महिनाको अवधिमा ९० रुपैयाँबाट बढाएर ११० रुपैयाँ पुर्याइएकोमा त्यसमा फेरि बढाएर १३० रुपैयाँ पुर्याइएको छ । यो कति प्रतिशत होला ? यस प्रकार सीमा रहित ढंगले मूल्य बढेपछि सबै उक्त विस्कुट खाने आफूले अब त्यो बिस्कुट नै नखाने अठोट गरेको यहाँका एक उपभोक्ताले अन्तरङ्ग न्यूज डट कमलाई बताउनु भयो ।
यी दुई वस्तुको मूल्य बृद्धिको खबर त उदाहरण मात्र हो । यस्तो मूल्य बृद्धि हरेक खाद्यवस्तुमा छ । अनि सर्वसाधारणले आफ्नो जीवन कसरी धान्ने हो ? प्रश्न निकै पेचिलो बन्दै गएको छ । यसबाट नेपाल सरकार ‘जनताद्वारा जनताले चुनिएको सरकार नेताका लागि’ भन्ने सिद्ध हुन आएको छ । तर यो स्थिति कहिलेसम्म ……. ?
प्रकाशित मिति २०७९ माघ २८, शनिबार ०६:२३ गते